Tuesday, April 30, 2024
घरपत्रपत्रिकामधेस सरकारबाट बाहिरियो लोसपा

मधेस सरकारबाट बाहिरियो लोसपा

जनकपुरधाम/मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने दिन नै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सरकारबाट बाहिरिएको छ। लोसपाबाट वन तथा वातावरणमन्त्री रहेका रमेशप्रसाद कुर्मीले पदबाट राजीनामा दिएका छन्।

लोसपाका सांसद उपेन्द्र महतोले प्रदेश सरकारको कामबाट सन्तुष्ट नरहेकाले आफूहरु सरकारबाट बाहिरिएको जानकारी दिए। उनले आज सदनमा मुख्यमन्त्रीको विपक्षमा मतदान गर्नेसमेत बताए।

यता, प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले खाली भएको मन्त्रालयको जिम्मा मुख्यमन्त्री यादवलाई नै दिएकी छन्। नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम कार्य जिम्मेवारी र कार्य विभाजनसहित मन्त्रिपरिषद् पुनर्गठन गरेको प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव शत्रुधन यादवले जानकारी दिए।

यस्तै, जनमतले अवरोध गरेको प्रदेशसभा बैठक १० मिनेटका लागि स्थगित भए पनि अहिलेसम्म पुनः सञ्चालन हुन सकेको छैन।

अर्को के पढ्ने...

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -spot_img
- Advertisment -