Tuesday, October 15, 2024
घरसमाचारनेपाल बीमा प्राधिकरणको नयाँ वेबसाइटको शुभारम्भ

नेपाल बीमा प्राधिकरणको नयाँ वेबसाइटको शुभारम्भ




काठमाडौँ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले प्राधिकरणको नयाँ वेबसाइटको शुभारम्भ गर्नुभएको छ ।

प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोलमा आजै आयोजित एक कार्यक्रममा अध्यक्ष सिलवालले नयाँ वेबसाइटको शुभारम्भ गर्नुहुँदै प्राधिकरणले नविनतम् प्रविधिमा जोड दिने क्रममा नयाँ वेबसाइट सञ्चालनमा ल्याएको बताउनुभयो ।

अध्यक्ष सिलवालले आगामी साउन १ गतेदेखि प्राधिकरणका काम, कारबाही र सेवा प्रवाह डिजिटल रूपमा हुने जानकारी दिनुहुँदै बीमा कम्पनीहरूले पनि डिजिटलाइजेनमा प्राथमिकता दिनुपर्ने र कम्पनीका सबै गतिविधिहरू पारदर्शी हुनुपर्ने बताउनुभयो ।

नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले प्राधिकरणका काम, कारबाही लगायत समग्र विषयमा नयाँ वेभसाइटबाट जानकारी प्राप्त हुने बताउनुहुँदै आगामी दिनमा प्राप्त हुने सुझाव र आवश्यकताका आधारमा वेबसाइटलाई परिमार्जन गर्दै लगिने बताउनुभयो ।

नेपाल बीमा प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदी तथा निर्देशक पूजन ढुङ्गेल अधिकारीले नयाँ वेभसाइटबाट प्राधिकरणको केन्द्रीय कार्यालयका साथै प्रादेशिक कार्यालयका समग्र गतिविधिका बारेमा जानकारी प्राप्त गर्न सकिने बताउनुभयो ।

नेपाल बीमा प्राधिकरणका निर्देशक दिनेश कुमार लालले सञ्चालन गर्नुभएको कार्यक्रममा प्राधिकरणका कर्मचारीहरू र बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूको सहभागिता रहेको थियो ।

प्राधिकरणको नयाँ वेबसाइटमा नेपाली र अङ्ग्रेजी भाषामा जानकारी प्राप्त गर्न सकिने र अनलाइन गुनासो सुनुवाई तथा च्याट बोटको व्यवस्थाका साथै बीमा सन्देश, बीमा साक्षरता लगायतका सामग्रीहरू समावेश रहेका छन् ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -