Friday, May 3, 2024
घरक्राइम चेकनगरवासीसँग गरेको वाचा पूरा गर्न नसक्ने नगर प्रमुखले माफी माग्नु पर्छ: पूर्व...

नगरवासीसँग गरेको वाचा पूरा गर्न नसक्ने नगर प्रमुखले माफी माग्नु पर्छ: पूर्व नगर प्रमुख गुप्ता

पूजा पाठक/

रौतहट/नेकपा एमालेका केन्द्रीय सदस्य एवं गौर नगरपालिकाका पूर्व नगरप्रमुख अजय कुमार गुप्ताले गौर नगरपालिकाका वर्तमान नगरप्रमुखलाई जनतासँग गरेको बाचा पूरा गर्न नसकेकोमा नगरबासीसँग क्षमा याचना गर्नु पर्ने बताएका छन् ।

नेकपा एमाले पार्टीको वर्गीय संगठन प्रेस चौतरी नेपाल जिल्ला कार्य समिति रौतहटले शनिवार गौरमा आयोजना गरेको नव प्रवेशी संचारकर्मीहरुलाई स्वागत तथा सम्मान कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्वोधन गर्दै उनले गौर नगरपालिकाका नगर प्रमुख शम्भू साहलाई निर्वाचनको बेला गरेको प्रतिवद्धता पूरा गर्न नसकेकोमा जनता संग माफी माग्नु पर्ने सुझाव दिएका हुन।

रौतहट निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य प्रत्यासी समेत रहेका गुप्ताले नगर प्रमुख शम्भू साहले गरेको प्रश्नको जवाव दिँदै भने जव मेरो कारण कालो सूचिमा परेको गौर नगरपालिकामा वड़ा नम्बर २ मा झुलुङ्गे पुल निर्माणको स्वीकृति कसरी प्रदान भयो? भनि प्रति प्रश्न गरे !

बर्तमान नगरप्रमुखले शुक्रवार गौर नगरपालिकामा आयोजित सार्वजानिक सुनवाई कार्यक्रममा पूर्व मेयरको कारण गौर नगरपालिका कालो सूचीमा परेको जिकिर गरेका थिए ! बर्तमान मेयरले उठाएको प्रश्नको जवावमा पूर्व मेयर गुप्ताले आफ्नो पालामा फाल्गुन महीनामा नै वड़ा नम्बर २ स्थित बानेश्वर मन्दिर नजिक लालबकैया नदीमा झुलुङ्गे पुल निर्माणको स्वीकृति भएको दावी गरे। फाल्गुनमा योजना स्वीकृति भयो र बैशाखमा दोस्रो स्थानीय तहको निर्वाचन भएकोले त्यों योजना मेरो पालाको भएको स्पष्ट गरे।

जनतालाई ढाँट्ने काम नगर्न सुझाव दिँदै उनले गौर नगरपालिका वड़ा नम्बर ४ टिकुलियामा निर्वाचित भएको तीन महीना भित्र झुलुङ्गे पुल बनाई दिने घोषणा कता हरायो? भनी प्रश्न गरे।पूर्व नगर प्रमुख गुप्ताले जनतासँग गरेको बाचा पूरा नगरेर ढाँटने काम अहिलेको नगर प्रमुखले गरिरहेको टिप्पणी समेत गरे।

नेकपा एमालेका प्रतिनिधि सभा सदस्य प्रत्यासी समेत रहेका गुप्ताले गौर नगरपालिकाको विकासको कार्यमा सधै सहयोग गर्न तयार रहेको बताउनु हुँदै उनले भने, “म विकास विरोधी नभई विकास प्रेमी रहेको छु, जनताको विकासमा म हाथोमालो गरेर अघि बढ़न तयार छु।

कार्यक्रममा नेकपा एमाले रौतहटका नव निर्वाचित जिल्ला अध्यक्ष सच्चिदानन्द साहले प्रेस मुलुकको चौथो अंगको रुपमा रहेकोले राष्ट्र र समाजको विकासको लागि आवाज उठाइदिनु पर्ने आग्रह गरे । मुलुकमा नयाँ समीकरण बनेकोले नेकपा एमाले बाहेक देशको बिकास कुनै अन्य पार्टीले गर्न नसकिने दावी समेत उनले गरे !

प्रेस चौतरी नेपाल जिल्ला कार्य समिति रौतहटका जिल्ला अध्यक्ष उत्तम उपाध्यायको सभापतित्वमा सम्पन्न कार्यक्रममा १० औ जिल्ला अधिबेशनबाट निर्वाचित जिल्ला अध्यक्ष सच्चिदानन्द साह, उपाध्यक्ष रुपेश पटेल, सचिव बाबुराम दाहाल, उपपसचिब अवधेश प्रसाद यादव, नव प्रवेशी संचारकर्मी राकेश यादव, पूजा पाठक, सत्येन्द्र प्रताप सिंह, प्रवीण टिबड़ेवाल, मोहमद तनवीर आलम, धीरज यादव, चन्दन पटेल, सुभाष मंडल, दीपक श्रीवास्तव, अरविन्द यादव, सुमित यादवलाई गमछा ओढाएर सम्मानित गरिएको थियो।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -