२०८२ आश्विन २६ गते, आईतवार ०४:३०

सुनकोशी नदिमा डुबेका तीनै जना बालबालिकाको शव भेटियो

त्रियुगा। उदयपुरमा गत चैत ११ गते आइतबार होली खेलेर नुहाउने क्रममा सुनकोशी नदिमा डुबेर बेपत्ता भएका तीनै जना बालबालिकाको शव भेटिएको छ।

जिल्लाको त्रियुगा नगरपालिका १४ साउने बजारका १२ वर्षीया रेखा मगर, ९ वर्षीय रिदम मगर र १२ वर्षीय लोक बहादुर मगर पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए। बेपत्ता मध्ये ९ वर्षिय रिदम मगरको शव हिजो मंगलबार बेलका घटना स्थल भन्दा एक किलोमिटर तल घिर्लिङ भन्ने ठाउँमा भेटिएको थियो।

बुधबार १२ वर्षिया रेखा मगरको शव घटना स्थल देखि दुई किलोमिटर तल सिम्लेमा फेला परेको हो भने अर्का बालक १२ वर्षिय लोक बहादुर मगरको घटनास्थल भन्दा एककिलोमिटर तल फेल परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिनन्दन चौधरीले जानकारी दिए।

बेपत्ता बालबालिकाको खोजिका लागि सशस्त्र प्रहरी बल नम्बर १ बराहबाहिनी पकलीका प्रहरी निरीक्षक उमेश काफ्लेको कमाण्डको ११ सदस्यीय आधुनिक बोट सहितको गोताखोरको टोरी र नेपाल प्रहरीसँगै स्थानीयवासी खोजतलासमा जुटेका थिए।

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM