२०८३ असार १८ गते, बिहीबार १७:२९

मधेस प्रदेशको मन्त्रीमण्डल विस्तार, चार मन्त्रीले लिए सपथ

जनकपुरधाम/मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रीमण्डल विस्तार गरेका हुन्।

शनिबार एमाले थप चार सांसदले मन्त्री र राज्यमन्त्रीको शपथ लिएका हुन्। राजकुमार लेखीले गृह, सञ्चार तथा कानुन, शत्रुधन सिंहले स्वास्थ्य तथा जनसंख्या मन्त्री र एमालेमा प्रवेश गरेका प्रमोद जयसवालले शिक्षा तथा संस्कृति मन्त्रीको रुपमा शपथ लिएका हुन्।

यस्तै, केशव रायले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीको रुपमा शपथ लिएका हुन्। प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन्।

यस्तै, मुख्यमन्त्री यादवले राज्यमन्त्री केशव रायलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM