२०८२ माघ ८ गते, बिहीबार १९:०७

वीरगंजका मेयर सिंहविरुद्ध किर्ते मुद्दा दर्ता, अब के हुन्छ ?

– अली असगर देवान

वीरगंज। वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहविरुद्ध किर्ते मुद्दा दर्ता भएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साले मेयर सिंहविरुद्ध किर्ते मुद्दा दर्ता गरेको हो । उजुरीको परेको करिब २ महिनापछि पर्सा प्रहरीले मेयर सिंहविरुद्ध जाहेरी दर्ता गरेर छानबिन प्रक्रिया अगाडि बढाएको हो ।

फर्जीको विवरणको आधारमा अरूको छोरीलाई आफ्नो छोरी बनाइ नागरिकता दिलाएको भन्दै कारबाहीको माग गर्दै प्रहरीमा उजुरी परेपछि मुद्दा दर्ता गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको पर्सा प्रहरी प्रमुख कुमोध ढुंगेलले जानकारी दिए । उनका अनुसार प्रहरीमा नागरिकतामा किर्ते गरेको प्रमाणसहित उजुरी परेपछि कानुनी प्रक्रिया अगाडि बढाइएको हो । उनले भने, ‘जिल्ला सरकारी वकिलको कार्यालयबाट पत्र आइसकेपछि हामीले दर्ता गर्नै पर्छ, त्यही हिसाबले हामी अगाडि बढेका हौँ । सरकारी वकिलको कार्यालयको रायबमोजिम जाहेरी दर्ता गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको हो ।’ जिल्ला प्रशासन कार्यालय पर्साले पनि मेयर सिंहविरुद्ध किर्ते मुद्दामा अनुसन्धान प्रक्रिया अगाडि बढेको जनाएको छ ।

पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले मेयर सिंहविरुद्ध प्रहरीमा किर्ते मुद्दामा अनुसन्धान प्रक्रिया अगाडि बढेको पुष्टि गरे । उनले भने,‘त्यसपछि प्रशासन कार्यालयमा पनि अर्को मुद्दा दर्ता गर्ने तयारी छ, गृह मन्त्रालयबाट राय आउनेबितित्कै हामीले पनि झुटो विवरणका आधारमा नागरिकता दिलाएको आरोपमा अनुसन्धान प्रक्रिया अगाडि बढाउँछौँ ।’

अब के हुन्छ ?

पर्सा प्रहरीमा मुद्दा दर्ता भइसकेपछि कानुनी प्रक्रिया अगाडि बढ्छ । पर्सा प्रहरी प्रवक्ता कुमारविक्रम थापाले मुद्दा दर्ता भएर अनुसन्धान प्रक्रिया अगाडि बढिसकेको जनाए । उनले भने,‘अब यसमा पहिलो चरणमा हामीले सबै कागजात ल्याब टेस्टमा पठाउँछौँ, केन्द्रीय विधि विज्ञान प्रयोगशालाबाट रिपोर्ट आइसकेपछि सबै कागजात राखेर हामीले अदालतमा पेस गर्छौ । यही अवधिमा अन्य अनुसन्धान प्रक्रिया पनि चलाइन्छ ।’ अहिले पहिलो चरणमा मुद्दा दर्ता गरेर हामीले प्रक्रिया अगाडि बढाएको पर्सा प्रहरी प्रवक्ता थापाको भनाइ छ ।

मुलुकी अपराध संहिता २०७४ को परिच्छेद –२५ लिखित सम्बन्धी कसुरबारे लेखिएको छ । यसको दफा २७६ मा किर्ते गर्न नहुने भनिएको छ । दफा (२) मा भनिएको छ– उपदफा (१)को प्रयोजनको लागि कसैले सर्वसाधारण वा कसैलाई कुनै हानि, नोक्सानी वा क्षति पुर्‍याउने वा आफू वा कसैलाई कुनै लाभ पुर्‍याउने नियतले कुनै झुट्टा लिखत वा झुट्टा विद्युतीय अभिलेख वा लिखत वा विद्युतीय अभिलेखको झुट्टा अंश वा भाग बनाउने काम गरेमा निजले किर्ते गरेको मानिनेछ । स्पष्टीकरणमाः यस दफाको प्रयोजनका लागि भनिएको छ । जसको (क) मा ‘लिखिति’ भन्नाले लिखितमा लागेको सही, औँठा छाप, छाप र लिखितमा जनिएको अंक, अक्षर, मिति वा अन्य कुनै व्यहोरा सम्झनुपर्छ । यसैको (ख) मा झुठा लिखित बनाउने काम भन्नाले यसरी भनिएको छ ‘जुन अधिकारी वा व्यक्तिले लिखित बनाएको, लेखेको वा सहीछाप गरेको होइन, त्यस्तो अधिकारी वा व्यक्तिले लिखित बनाएको, लेखेको वा सहीछाप गरेको हो भन्ने विश्वास पार्ने किसिमबाट बेइमानीपूर्वक लिखत वा त्यसैको अंश तयार गर्ने, विद्युतीय अभिलेख तयार गर्ने वा पठाउने, विद्युतीय अभिलेखमा डिजिटलहरू संरक्षण गर्नेलाई यसमा राखिएको छ ।’ यसमा दफा (३) को (ग) खण्ड मा कारबाहीको व्यवस्था गरिएको छ । जहाँ भनिएको छ– खण्ड (क) र (ख) मा लेखिएदेखि बाहेक अन्य सरकारीमा वा सार्वजनिक लिखित किर्ते गर्नेलाई सात वर्ष कैद र ७० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था छ ।

के हो नागरिकता प्रकरण ?

गएको २४ पुसमा मेयर सिंहविरुद्ध कारबाहीको माग पर्साको जिल्ला प्रशासन जाहेरी परेको थियो । अरूको छोरीलाई आफ्नो छोरी बनाइ नागरिकता दिलाएको भन्दै समाचार आएपछि पर्साका स्थानीय तथा कांग्रेसी समर्थकहरूले पहिलो पटक २४ पौषमा जाहेरी दिए, जुन जाहेरी प्रशासनबाट दर्ता पनि गरियो । त्यो दर्ता नम्बर हो– १३२५ । यसैगरी पर्सा प्रहरी, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सिआइबी तथा राष्ट्रिय सतर्कता केन्द्रसम्म पनि जाहेरी तथा उजुरी परेको छ ।

जिल्ला प्रशासन कार्यालय पर्साबाट रुविना श्रेष्ठको नाममा महानगरपालिकाको वडा नम्बर ३ बाट नागरिकता जारी भएको छ । रुविना श्रेष्ठको नागरिकता बुवाको नाममा राजेशमान सिंहले राखेर बनाइएको छ, जसमा आमाको नाम लेखिएको छैन। श्रेष्ठको नाममा ३४–०१–७५–०४८४७ नम्बरबाट नागरिकता जारी भएको जिल्ला प्रशासनको रेकर्डमा उल्लेख छ । तर यसको अनुसूची फर्म भने अहिले गायब पारिएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार अहिलेसम्म अनुसूची फर्म फेला परेको छैन । साभार : रातोपाटी

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip marwah4d barong4d moga4d bisajp slot gacor toto slot slot gacor barong4d
kingmedan303 rajamania rajamania sritoto sritoto sritoto rajamania sritoto sritoto beb88
zeonslot slot gacor
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM