Wednesday, May 1, 2024
घरप्रदेशगण्डकी प्रदेशमहिला र बालिकालाई यौन शोषण गरेको आरोपमा तीन पक्राउ

महिला र बालिकालाई यौन शोषण गरेको आरोपमा तीन पक्राउ

पोखरा/होटलमा काम दिने प्रलोभनमा महिला र बालिकालाई यौनशोषण गर्ने तीन जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ।

पोखरा महानगरपालिका- ८ जाल्पारोडमा रहेको काभ्रेली खाजा घरका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको हो।

पोखरा महानगरपालिका-९ पृथ्वीचोक बस्ने २९ वर्षीय प्रविन गुरुङ, पर्वत घर भइ काठमाडौंको शंखमुल बस्ने २३ वर्षीय निर्मल मल्ल र पोखरा-१७ विरौटा बसने राजेश ठकुरीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, कास्कीका सूचना अधिकारी डिएसपी श्रवणकुमार विकले बताए।

सुरुमा होटलमा काम दिने भन्दै सरसफाइको काममा लगाउने र पछि प्रलोभनमा पारेर यौनजन्य गतिविधिमा लगाउने सूचनाको आधारमा होटलमा छापा मारेको उनको भनाइ छ।

प्रहरीले छापा मार्दा १ जना बालिका र २ जना महिलालाई खाजा घरबाट बाहिर लाने तयारीमा रहेका थिए। तीनै जनाको प्रहरीले उद्धार गरेको छ।

बिहीबार पक्राउ परेका ३ जना विरुद्ध कास्की जिल्ला अदालतबाट ५ दिनको म्याद थपेर मानव वेचविखन तथा ओसारपसार मुद्वामा अनुसन्धान भइरहेको छ।

अर्को के पढ्ने...

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -spot_img
- Advertisment -