२०८३ बैशाख ६ गते, आईतवार १५:४४

आमा-बाबु भारतीय, छोराहरू नेपाली

वीरगंज/दोहोरो नागरिक सम्बन्धी प्रमाण सहित सयकडौं उजुरी जिल्ला प्रसाशन कार्यालय पर्सा र गृहमन्त्रालयमा परेको भएता पनि कारवाही गर्नुको साटो मुद्रा दोहन अभियानमा सम्बन्धित अधिकारीको भूमिका केन्द्रित रहेको कारणले गर्दा देश दिन प्रति दिन टाट पल्टिंदैछ।

वीरगंज भन्सार र सुख्खा बन्दरगाहमा क्लियरिङ एजेन्टको काम गर्दै आएको सुशील टिबडेवाल खानदानी भारतीय नागरिक भएको यथेष्ट प्रमाण सहित समाचार प्रकाशन भई सक्दा पनि मुद्रा दोहन गरि उन्मुक्ति दिने काम बाहेक हाल सम्म केही भएको छैन। राज्य सत्तामा पहुँच भएकाहरुसँग नाता गाँसेर टिवडेवाल ब्रदर्सले वीरगंज भन्सारलाई दुहुनो गाई बनाएर कमाई रहेका छन।

सुशील र कमल दुबैको आमा बुबा हालसम्म भारतीय नागरिक नै रहेकाे र सम्पूर्ण खानदानको नाम भारतीय मतदाता सूचीमा भए पनि उनीहरु नेपालको नागरीकता कसरी लिन सफल भए यसको छानबिन तर्फ कसैको ध्यान किन न गएको होला ? सहजै अनुमान गर्न सकिन्छ।

राजनीतिक दलका नेता र राष्ट्रघाती कर्मचारीहरु मिलि देश लुटिरहेकाे वर्तमान परिस्थितिमा जनता टुलुटुलु हेरेर बस्न बाध्य बनाइएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM