२०८२ माघ २८ गते, बुधबार १७:३७

बाहिर दरबन्दी भएका प्रहरी घुमुवाको लाईनमा तस्करी सुचारु

परासी । नवलपरासी (पश्चिम)बाट तस्करी ब्यापक रुपमा बढेको छ । भारतसँग सीमा जोडिएका परासीका महेशपुर, भुजहवा, रामनगर, गेर्मी र बेलाटारीबाट ब्यापकरुपमा माछा, खसीबोका लगायतको तस्करी बढेको हो । जसको ज्वलन्त उदाहरण गएको शनिबार (मंसिर ९) मा रुपन्देहीको धकधईमा बरामद माछालाई नै लिन सकिन्छ । परासीको रामनगर नाकाबाट तस्करीको माछा बोकेर गएको लु २ च ८५४६ नम्बरको बोलेरो धकधईमा बरामद भएको थियो ।

जयनूल मुसलमानले उक्त माछा घुमुवाहरुको सेटिङमा लगेका थिए । रामनगरबाट धकधई जाँदा जिल्ला प्रहरी कार्यालय परासीसहित १२ प्रहरी कार्यालयहरु रहेका छन् । जिल्ला प्रहरी कार्यालय परासीकै अगाडिबाट तस्करीको माछा लैजाँदा चेकजाँच नहुनुले पनि सेटिङमा भन्सारछलीका सामान कसरी पास हुन्छन् भन्ने छर्लङ्ग भएको छ । ब्यापारी जयमूलले माछा बरामद भइसकेपछि ‘घुमुवा सरहरुको स्कर्टिङमा ल्याएको पोल खोलेको स्रोतले बताएको छ ।

१२ वटा प्रहरी कार्यालय पार गरेपछि धकधईमा माछा बरामद भएको बिषयमा उजुरी परेपछि प्रहरी महानिरीक्षकको सचिवालयले छानबिन गर्न लुम्बिनी प्रदेश प्रहरी कार्यालयलाई पत्राचार गरिसकेको छ । धकधईमा माछा बरामद एक प्रतिनिधि घटना हो, परासीका यी ५ वटा नाकाबाट यसैगरी तस्करी मौलाएको छ ।

जिल्ला प्रहरी कार्यालय पश्चिम नवपरासीका प्रहरी प्रमुखमा एसपी काजीकुमार आचार्य छन् । उनी प्रहरी निरीक्षक हुँदादेखि नै इमान्दार भनेर चिनिन्छन् । जागिरमा प्रवेश गरेदेखि नै प्रहरी प्रधान कार्यालय कर्मचारी प्रशासन शाखामा कार्यरत उनले एसपी बढुवा भएपछि मात्र जिल्लाको कमाण्ड गर्ने अवसर पाएका हुन् । उनी आर्थिक मामिलामा नमुछिए पनि कमाण्ड कमजोर भएको र बर्षौदेखि कार्यरत र दबरन्दी अन्यत्र भएका विवादित घुमुवाहरुलाई काजफिर्ता गर्न नसकेको आरोप उनीमाथि छ । आफैं कर्मचारी प्रशासनमा लामो अवधि बसेका उनले हेडक्वाटरको परिपत्र अनुसार दरबन्दीमा पठाएका छैनन् । काजमा कार्यरत तिनै घुमुवाहरुको कनेक्सनमा तस्करी बढेको र राजस्व असुली कम हुँदा एसपीप्रति प्रश्न सोझिएको छ ।

जिल्ला प्रहरी कार्यालयले सहायक हवल्दारहरु किरण कुँवर र प्रदीप गुप्तालाई घुमुवाका रुपमा खटाएको छ । प्रदीप यादवको दरबन्दी गुल्मीमा हो । यी पनि परासीमा लामो समयदेखि तस्करहरुको सेटिङमै सामान वारपार गराउन तल्लीन रहँदैआएका छन् ।

परासीका भारतसँग जोडिएका पाँच नाकामध्ये बेलाटारीमा इन्स्पेक्टरको दरबन्दी छ । जहाँ इन्चार्ज छन् प्रहरी निरीक्षक श्यामप्रकाश यादव । भुजहवामा सईको दरबन्दी छ भने रामनगर र गेर्मीमा असईको । भुजहवामा सई रामबहादुर बिष्ट इन्चार्ज छन् भने गेर्मीका इन्चार्ज असई बृजेश सहनी, रामनगरमा पुरन केवट छन् ।

९ बर्ष अख्तियार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बसेर आएको हुँ, कसैले पनि केही गर्न नसक्ने भन्दै भुजहवाका सई बिष्टले तस्करहरुलाई लाइन दिएर असुली गरिरहेको स्रोत बताउँछ । रामनगरका पुरन केवट १३–१४ बर्षदेखि कार्यरत छन् परासीमा । प्रायः सधैंजसो कहिले जिल्ला त कहिले सीमानाकामा खटिने केवटको तस्करहरुको संजालका जानकार मानिन्छन् ।

बेलाटारीका इन्स्पेक्टर श्यामप्रकाश यादवले सहायक हवल्दार रमेश यादवलाई घुमुवा राखेका छन् । यादव ९ बर्षदेखि परासीमा कहिले जिल्लाको त कहिले बेलाटारीको घुमुवामा कार्यरत रहेका छन् । रमेश यादवको दरबन्दी दरबन्दी परासीकै जर्गाहा हो । प्रहरी प्रधान कार्यालयले दरबन्दीमा पठाउन दिएको निर्देशनलाई समेत उल्लंघन गरी उनलाई घुमुवामा तैनाथ गरी तस्करहरुसँग सेटिङमा परिचालन गरिएको छ ।

गेर्मीका असई सहनीले सहायक हवल्दार ओमप्रकाश यादवलाई घुमुवा राखेका छन् । ११ बर्षदेखि परासीमा घुमुवामा कार्यरत छन् ओमप्रकाश । परासीका एसपी मनोज यादवका पालादेखि उनी घुमुवा हुन् ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/ slot gacor
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot slot gacor m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM