Tuesday, November 26, 2024
घरसमाचारअर्थवाणीतस्करीबाट भित्र्याइएका कम्प्यूटर, ल्यापटप तथा कम्प्यूटरका पार्टस बरामद

तस्करीबाट भित्र्याइएका कम्प्यूटर, ल्यापटप तथा कम्प्यूटरका पार्टस बरामद

वीरगंज/ पर्सा प्रहरीले भंसार राजस्व छलि गरी नेपाल भित्र्याएर भण्डारण गरि राखिएको अवस्थामा ५१ लाख भन्दा बढ़ी मूल्य बराबरका कम्प्यूटर, ल्यापटप तथा कम्प्यूटरका पार्टसहरू बरामद गरिएको छ।

जिल्ला प्रहरी कार्यालय पर्सा एवं वडा प्रहरी कार्यालय बिर्ताको संयुक्त टोलीले शनिवार साँझ विशेष सूचनाको आधारमा वीरगंज- ५ मा रहेको A.D.Computer Suppliers का सञ्चालक अजय सिंहले आफ्नै चार तल्ले पक्की घरको भुई तल्लामा भन्सार छली चोरी पैठारी गरी ल्याएका कम्प्युटर, ल्यापटप तथा ईलेक्ट्रोनिक्स सामानहरू अनाधिकृतरूपमा भण्डारण गरेको अवस्थामा छापामारी गरेर ५१ लाख २६ हजार सात सय रुपैयाँ मूल्य बराबरको Dell Mini CPU Complete ७० थान, Dell Mini CPU Without System ३२ थान, Dell CPU Box without system ४१ थान, Dell CPU Box Complete ६० थान, Dell Complete CPU Set-७६ थान, Geonix hard disk-८८ थान, Monitor wire – ३१२ पिस, Dell Monitor- ४२ थान, Mouse ५५० पिस, CCTV Wire १८,००० मिटर, Mother Board २५ पिस, Graphic Card ११ पिस.

Cooling Fan-१९ पिस., Laptop charger- १३१ पिस, Cat6 Cable-१ रोल, ड्रिल मेसिन १ थान, Computer Battery-२०० पिस, Dell core 15 Laptop-८ थान, बिग्रेको ल्यापटप १ थान बरामद गरी नियंत्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कुमार बिक्रम थापाले बताउनु भयो।

बरामद गरिएका ती सामानहरूको कुनै बिलबिजक, भंसार प्रज्ञापन इत्यादि A.D.Computer Suppliers का सञ्चालक अजय सिंहले दिन नसकेपछि ती सामानहरू भन्सार छली चोरी पैठारी एवं तस्करी गरी ल्याएको यकीन भएको थियो।

बरामद गरिएको ती सामानहरू आवश्यक कारवाहीकालागि आइतवार राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको प्रनाउ थापाले बताए।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -