Tuesday, June 18, 2024
घरपत्रपत्रिकारामायण फिल्मको सुटिङ अवधिभर रणवीर कपूरले मांसाहारी खाना र मदिरा त्याग्ने

रामायण फिल्मको सुटिङ अवधिभर रणवीर कपूरले मांसाहारी खाना र मदिरा त्याग्ने

काठमाडौं । रणवीर कपूर आफ्नो आगामी फिल्म रामायणका कारण अहिले चर्चामा छन् । नितिश तिवारीको फिल्ममा रणवीरले भगवान रामको भूमिका निभाउने भएका छन् । तर, फिल्मको बारेमा अहिलेसम्म कुनै आधिकारिक घोषणा गरिएको छैन ।

यो फिल्मको बारेमा दिनहुँजसो खबरहरु आइरहेका छन् । अब रिपोर्टलाई विश्वास गर्ने हो भने फिल्मका लागि स्टार कास्टले आफ्नो जीवनशैली परिवर्तन गरिरहेका छन् । रिपोर्टका अनुसार रणवीर कपुरले राम जस्तै शुद्ध बन्न रक्सी र मासु त्याग्ने निर्णय गरेका छन् । फिल्ममा रणवीरसँग दक्षिण भारतीय अभिनेत्री साई पल्लवी मुख्य भूमिकामा देखिनेछिन् । उनले फिल्ममा सीताको भूमिका निर्वाह गर्नेछिन् ।

कोइमोईको रिपोर्टका अनुसार रणवीरले मदिरा पिउन छाडेका छन् । उनले आफ्नो सार्वजनिक छविका लागि नभइ रामको चरित्रलाई न्याय गर्नका लागि मांसाहारी खान पनि छोडेका छन् । रिपोर्टका अनुसार फिल्मको सुटिङ नसकिँदासम्म रणवीर रक्सी र ननभेजबाट पूर्णतया टाढा भइसकेका छन् ।

रिपोर्टका अनुसार रणवीर श्रीरामजस्तै शुद्ध र स्वच्छ महसुस गर्न चाहन्छन्, त्यसैले उनले यी सबै त्यागिरहेका छन् । रणवीरले लेट नाइट पार्टी पनि गरिरहेका छैनन् ।

पिंकभिलाको रिपोर्ट अनुसार रणवीरले अर्को वर्षको सुरुमा फिल्मको सुटिङ सुरु गर्ने छन् । रणवीर र साईले फेब्रुअरी २०२४ देखि सुटिङ सुरु गर्नेछन् । यस फिल्मको पहिलो भागमा भगवान राम र सीतालाई बढी फोकस गरिने छ । फिल्मको छायांकन अगस्ट २०२४ सम्ममा सकिनेछ । रिपोर्टहरू विश्वास गर्ने हो भने, ओस्कार विजेता कम्पनी डिएनइजीले फिल्मको लागि भिएफएक्स बनाउन लागेको छ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -