२०८२ माघ २८ गते, बुधबार १७:३६

सिके राउतको पार्टी भ्रष्टाचारमा डुब्दै ! सरुवामा खुलेआम आर्थिक चलखेल

काठमाडौं । जनमत पार्टीले अनितादेवी साहलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिएपछि कर्मचारी सरुवामा खुलेआम आर्थिक लेनदेन हुन थालेको छ ।

सरुवाको अन्तिम टुंगो मन्त्री अनितादेवीका श्रीमानले लगाउने गरेका छन् । पार्टीले फर्म भरेर पठाएका कर्मचारीहरु सरुवाको सूची प्राथमिकतामा नपरी फालिने गरेका छन् । मन्त्रीका श्रीमान र अध्यक्ष राउतका दूत न्यौपानेले पठाएका नाम सदर हुने गरेका छन् ।

सामान्य प्रशासन मन्त्रालयमा अनिता मन्त्री भएपछि उनका श्रीमान, भाइ र पूर्वमन्त्री अमनलाल मोदीका पीएहरु सुमन कालिकोटे, ताजिम अन्सारी, विचौलिया मनोज चौहानले सरुवाका लागि कर्मचारी खोज्ने र टुंगो लगाउने गरेका छन् ।

मन्त्रीका भाइ सन्तोष साह, श्रीमान सञ्जय साह र केही आफन्तको खातामा फन्ड ट्रान्सफर गराउने र आएपछि मात्रै सरुवाको पत्र दिने गरिएको छ । यसमा सामान्य प्रशासन मन्त्रालयको कर्मचारी प्रशासनले पनि साथ दिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहितका सरोकारवाला निकायले मन्त्रीका श्रीमान सञ्जय, भाइ सन्तोषको खाताको स्टेटमेन्ट झिकाएर हेर्ने हो भने कर्मचारी सरुवामा आर्थिक लेनदेन भएको पुष्टि हुने स्रोत बताउँछ ।

आर्थिक लेनदेनकै आधारमा धनुषाको सहिदनगर नगरपालिकामा अख्तियारमा मुद्दा चलिरहेका केशव अधिकारीलाई सरुवा गरिएको छ । मन्त्रीका भाइ सन्तोष साहलाई रकम राखेपछि उनले सरुवाको पत्र पाएका छन् । यसमा ११ लाखको कारोबार भएको स्रोतले बताएको छ ।

खुलेआम आर्थिक चलखेलका आधारमा कर्मचारी सरुवा भएपछि जनमतका जिल्ला जिल्लाका कार्यकर्ता सिंहदरवारमा मन्त्रीसँग भेट्न पुगेका थिए । स्थानीय पार्टीको सिफारिस विपरीत बदनाम कर्मचारीको सरुवा गरिएकोबारेमा मन्त्री अनितासँग गुनासो गर्न पुगेका कार्यकर्ताहरुसँग उनको भनाभन भएको थियो । कार्यकर्ता र मन्त्रीको सचिवालयका कर्मचारीहरुबीच विवाद बढ्दै गएपछि हात हालाहालकै अवस्था निम्तिएको थियो । सरुवामा मन्त्रीका श्रीमान सञ्जयले धेरै हस्तक्षेप गरेपछि निजी सचिवसँग झण्डै हात हालाहाल भएको थियो । अहिले बोलचाल नै बन्द छ ।

विवाद बढेपछि प्रहरी बोलाएर साम्य पारिएको थियो । सरुवाको बिषयमा विवाद भएपछि सुरक्षाका लागि सामान्य प्रशासनमा प्रहरी राख्न थालिएको छ । सरुवाको बिषयमा भएको विवादका बारोमा जनमत पार्टीको सचिवालयमा निवेदन परेको छ । यतिखेर लाखौँ रुपैयाँको चलखेलको आधारमा मधेश प्रदेशसमेतका विभिन्न जिल्लास्थित स्थानी तहमा प्रमुख प्रशासकीय अधिकृतलाई निमित्तको जिम्मेवारी दिने कार्य भइरहेको चर्चा चुलिएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/ slot gacor
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot slot gacor m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM