२०८१ चैत्र २४ गते, आईतवार १४:२९

झापा/अनलाइन सट्टेबाजी (बेटिङ) संलग्न दमक–१२ का ३० वर्षीय पिन्टुकुमार साहलाई प्रहरीले पक्राउ गरेको छ ।

बेटिङमार्फत २४ करोड रुपैयाँबराबरको कारोबार गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बिहीबार साहलाई दमकबाटै पक्राउ गरेको हो । कार्यालयका प्रवक्ता एसपी रवीन्द्र रेग्मीले साहले गैरकानुनी रूपमा २४ करोड १५ लाख १७ हजार १ सय ३८ रुपैयाँको बेटिङ कारोबार गरेको दाबी गरे ।साहले वानएक्स बेट, मेल्बेट, रूपी बेट, डब्ल्युडब्ल्युडब्ल्यु ३८८८, स्काई चेन्ज, बालिज बेट, खेल विन, इन्डिओ २४ बेट, केएनजेम८८ जस्ता दर्जनभन्दा बढी वेबसाइटहरूमार्फत बेटिङ गर्न लगाएको र अवैध असुली गरेको प्रहरीले जनाएको छ ।‘उनले अरूलाई बेटिङ गर्न लगाएको, सट्टेबाजीजस्ता अनलाइन खेल खेलाएको प्रमाणित हुन्छ,’ एसपी रेग्मीले भने, ‘ उनले सबै कारोबार नेपाल राष्ट्र बैंकको नियमविपरीत कारोबार गरेको पाइएको छ ।’ अभियुक्त साहलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर टेकुमा पठाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

शुद्ध भन्छन्, हड्डी खुवाउँछन्! — जिम्बू थकालीको गम्भीर लापरवाही, शाकाहारी ग्राहकलाई दालमा चिकेनको हड्डी

काठमाडौं, नयाँ बानेश्वर — राजधानीको प्रतिष्ठित भनिएको “जिम्बू थकाली” रेष्टुरेन्टमा

शुद्ध भन्छन्, हड्डी खुवाउँछन्! — जिम्बू थकालीको गम्भीर लापरवाही, शाकाहारी ग्राहकलाई दालमा चिकेनको हड्डी

काठमाडौं, नयाँ बानेश्वर — राजधानीको प्रतिष्ठित भनिएको “जिम्बू थकाली” रेष्टुरेन्टमा