२०८२ माघ २८ गते, बुधबार १७:३५

नेपालगंजमा फेरि कर्फ्यु

बाँके। नेपालगञ्जमा फेरि कर्फ्यु लगाइएको छ। जिल्ला प्रशासन कार्यालय बाँकेले एक सूचना जारी गर्दै आज फेरि अचानक कर्फ्यु लगाइएको जानकारी दिएको हो।

नेपालगन्जको सद्भाव याली गर्ने क्रममा आक्रमणमा परी गंभीर घाइते नेपालगंज-२ का श्याम गुप्ताको उपचारको क्रममा निधन भएको खबर सार्वजनिक भएपछि स्थिति तनावमा आउने संभावना र संभावित थप दुर्घटना हुन नदिने उद्देश्यले साे लगाईएको बताइन्छ।

जिल्ला प्रशासन कार्यालयले शुक्रवार बिहान एक सूचना जारी गर्दै कर्फ्यु बिहान ६ बजेदेखि सुरू भएर साँझ ८ बजेसम्म जारी रहने प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले जारी गरेकाे सूचनामा भनिएकाे छ।

उनका अनुसार नेपालगन्ज उपमहानगर पूर्वमा राप्ती नदी पुल, पश्चिममा खजुरा रोडको इन्द्रपुर जाने बाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाहा सीमा नाकाका चार किल्लाभित्र कुनै प्रकारको भेला, जुलुस, सभा, बैठक वा प्रदर्शन वा पोस्टर, पर्चाजस्ता प्रचार सामाग्री टाँस्न वा लेख नपाइने गरी तथा हुलदङ्गा वा अशान्ति गर्ने उद्देश्यले एकै ठाउँमा पाँच जना भन्दा बढी मानिस जम्मा हुन नपाउने उल्लेख छ।

केही समयदेखि नेपालगञ्जमा हिन्दु र मुस्लिम समुदायका बीचमा असमझदारी बढे पछि स्थिति नियन्त्रण लिनका लागि सेना परिचालनदेखि कर्फ्युसमेत लगाइएको थियो। अवस्था सामान्य भएको भन्दै हिजो बिहान ८ बजेबाट राति ८ बजेसम्म १२ घण्टाका लागि कर्फ्यु हटाएको थियो।

स्थानीय प्रशासन ऐनको दफा ३(क) बमोजिम चार किल्लाभित्र कुनै प्रकारको भेला, जुलुस, सभा, बैठक, प्रदर्शन, प्रचारप्रसार सामग्री टास्न वा लेख्न नपाइने र हुलदंगा वा अशान्ति गर्ने उद्देश्यले एकैठाँउमा पाँच जनाभन्दा बढी मानिस जम्मा हुन नपाउने गरी निषेधाज्ञा जारी गरिएको छ।

जिल्लामा शान्ति सुव्यवस्था कायम गर्न सार्वजनिक सम्पत्तिको संरक्षण, सामाजिक सद्भाव कायम गर्न एवं मानवअधिकारको सम्मान गर्न अनुरोध गर्दै स्थानीय प्रशासनले सार्वजनिक स्थानमा होहल्ला गर्नेजस्ता अवाञ्छित क्रियाकलाप तथा कुनै पनि व्यक्तिको निजी जीवनमा असर पार्ने खालका कार्य नगर्न र नगराउन अपिलसमेत गरेको थियाे।

तर पुनः बिबाद बढेपछि नेपालगञ्जमा अहिले कर्फ्यु लगाइएको हो।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/ slot gacor
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot slot gacor m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM