२०८३ जेष्ठ ३ गते, आईतवार १२:०२

नूतन कृतिको “कैदी बनाउ मलाई“ भीडियो गीत सार्वजनिक (भिडियोसहित)

काठमाण्डौ। गीतकार नूतन भुसालको गीती एल्बम नूतन कृतिमा रहेको “कैदी बनाउ मलाई” बोलको गीत भीडियोसहित सार्वजनिक भएको छ ।

संगीतकार सुनिल मास्केको एकल संगीत र गीतकार नुतन भुसालको एकल शब्दमा रहेको एल्बममा बिभिन्न गायक गायिका हरुले आफ्नो आवाज दिनु भएको छ ।

कैदी बनाउ बोलको गीतमा गायक विश्व नेपालीको स्वर रहेको छ भने रिकेश गुरुङको संगीत संयोजक रहेको गीतकार भुसालले बताउनु भयो ।

राज लिम्बुको निर्देशनमा बनेको सो गीतमा प्रकाश श्रेष्ठ एवं विष्णु कट्टेल पराजुलीले अभिनय गर्नु भएको छ ।

ईजरायलको सेरोफेरोमालाई सन्तोषले बडो कलात्मक ढंगले छायाङ्कन गरी गीतको भिडियोलाई आकर्षक बनाइदिएका छन् ।

गीतकार भुसालले गीतको लेखनदेखि छायाँकन हुँदै अन्तिम रुप दिन सबैले सहयोग र मिहिनेत गरेकै कारण दर्शकहरु सामु पुगेकाले दर्शक स्रोताले पनि सो गीतलाई सुनिदिन आग्रह गर्नुभयो ।

हेर्नुहोस भिडियो :

 

प्रतिक्रिया लेख्नुहोस्

प्रधानमन्त्री कार्यालयको चेतावनी: सरकारी नाम दुरुपयोग गरी कर्मचारी धम्क्याउनेलाई कडा कारबाही हुने

काठमाडौं । नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री, सचिवालय

प्रधानमन्त्री कार्यालयको चेतावनी: सरकारी नाम दुरुपयोग गरी कर्मचारी धम्क्याउनेलाई कडा कारबाही हुने

काठमाडौं । नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री, सचिवालय

Live

Listen Live FM