२०८२ माघ १२ गते, सोमबार ००:०९

पेट्रोलियम तस्करीबाट आयल निगमलाई टाट पल्टाउने अभियानमा कुलवन्त सिंह! कारवाहीबाट जोगिन शक्ति केन्द्र धाउँदै

वीरगंज/पेट्रोयिम पदार्थको अवैध तस्करीमा लामो समयदेखि संलग्न रही आयल निगमलाई टाट पल्टाउन लागि परेका कुलवन्त सिंह यतिखेर फन्दामा परेका छन् ।

कुलवन्त सिंहले नेपाल आयल निगमकालागि ढुवानी गर्न प्रयोग गर्ने आफ्ना ट्यांकरहरूमार्फत भन्सारमा घोषणा गरेभन्दा झण्डै दुई हजार लिटर बढी पेट्रोल प्रति ट्रिप ढुवानी गर्ने गरेको पोल खुलेपछि यतिखेर तनावमा छन् ।

भदौ ३१ गते बरौनीबाट नेपाल आयल निगमकालागि पेट्रोल बोकेर आएको पाँच वटा ट्यांकर मध्ये अगाडीका दुई र पछाडीका दुई वटा ट्यांकरमा घोषणा अनुरुप पेट्रोल राखिएको थियो भने बीचको ना ४ ख ३१५६ नम्बरको ट्यांकरमा घोषणा गरिएभन्दा एक हजार सात सय लिटर बढी पेट्रोल भेटिएपछि आयल निगमकै पेट्रोल ढुवानी गर्ने ट्यांकर प्रयोग गरी खुल्लेयाम राजश्व छलि भैरहेको रहष्योदघाटन भएको हो ।

तौल भन्दा बढी पेट्रोल बोकी ल्याउने ट्यांकर कुलवंत सिंहको रहेको बताइन्छ । सिंहले बिगत लामो समयदेखि यसैगरी नेपाल आयल निगमका कर्मचारीहरूकै मिलेमतोमा पेट्रोलियम इन्धनको अवैध तस्करी गर्ने गरेको भएपनि विषेश सूचनाको आधारमा हालै मात्र फन्दामा परेपछि तस्करीको पोल खुलेको हो ।

ट्यांकर चालकले २० केएल अर्थात् २० हजार लिटर पेट्रोल भएको भनी घोषणा गरेर तौल गर्न लगाएका थिए । तर बाराको अमलेखगञ्जस्थित नेपाल आयल निगमको प्रादेशिक कार्यालयमा तौल गर्दा उक्त ट्यांकरमा एक हजार ७ सय लिटर बढी पेट्रोल लोड रहेको भेटिएपछि चालक सहित ट्यांकरलाई नियन्त्रणमा लिइएको वीरगंज भन्सारका सूचना अधिकारी रामचन्द्र शर्मा ढकालले बताउनु भयो ।

भारतबाटै सिलबन्दी गरेर आउने ट्यांकरमा बढी इन्धन भएको भेटिएपछि ट्यांकर र चालकलाई नियन्त्रणमा लिइएपछि ट्यांकर मालिक कुलवन्तले शक्ति केन्द्र र पहुँचको आधारमा चालकलाई धरौटीमा रिहा गराउन सफल भएपनि ट्यांकर भने अहिले पनि वीरगंज भन्सारकै नियन्त्रणमा रहेको बताइन्छ । यद्यपि त्यसमा लोड गरिएको पेट्रोल भने नेपाल आयल निगमले आवश्यक राजश्व तिरेर अनलोड गरिसकेको भन्सार कार्यालयका सूचना अधिकारी ढकालले बताए ।

उपभोक्तालाई उपलब्ध गराउने मूल्यको झण्डै आधा मूल्यमा भारतबाट खरिद गरिने पेट्रोल बरौनीस्थित आयल निगमबाट शिलबन्दी गरेरै आउने भएपनि तस्करी र चुहावटमा माहिर मानिएका सिंहले लामो समयदेखि यसरी नै भन्सारलाई झुक्याएर तस्करी गर्दै आएको श्रोतको दाबी छ ।

आयल निगमको कर्मचारीको मिलेमतोबिना यस्तो काम हुनै नसक्ने जानकारहरूले दाबी गरेका छन् । कुलवन्त सिंहजस्ता राजश्वमारा ढुवानीकर्ताहरूका कारण वीरगंज भन्सारको राजश्व असुलीमा गिरावट मात्र हैन, आयल निगम सधैंजसो घाटामा र उपभोक्ताहरूले महंगो मूल्यमा पेट्रोलियम इन्धन खरिद गर्नुपर्ने बाध्यताको अन्त्य गर्न सिंहलाई समेत नियन्त्रणमा लिएर अनुसन्धान अगाडी बढाउने हो भने अझै धेरै रहष्यहरू बाहिरिन सक्ने स्रोतको दाबी छ ।

तर कुलवंत सिंह भने अझै पनि शक्तिकेन्द्रहरूलाई प्रभावमा पारेर आफ्नो ट्यांकर छोडाउने र आफू कारवाहीबाट जोगिने प्रयासमा रहेको स्रोतले जनाएको छ ।

सिंहकै बिगतको इतिहास हेर्ने हो भने सिंहले बिगतमा पनि आफ्नो यहि ना.४ ख ३१५६ नम्बरको ट्यांकरमा पेट्रोलसँगै पानी मिसाएको पनि भेटिएको थियो ।

२०७७ साल वैशाख ६ गते नेपाल आयल निगमको थानकोटस्थित बागमती प्रदेश कार्यालयबाट २० हजार लिटर पेट्रोल लिएर महालक्ष्मी फ्यूल सेन्टर, बसुन्धरालाई दिएको आठ हजार लिटर पेट्रोलमा पाँच सय लिटर भन्दा बढी पानी मिसाएर बिक्रीकालागि दिएको थियो ।

त्यति मात्र नभई प्रहरीको पेट्रोल पम्पमा समेत पानी मिसाएर सिंहको ट्यांकरले दिएको थियो तर सिंहले आफू बच्न त्यतिबेला ट्यांकर चालकलाई फसाएर आफू पैसाको बलमा उम्किन सफल भएका थिए ।

२०७७ सालमा कूलवंत सिंहको ट्याँकरले पेट्रोलमा पानी मिसाएर पेट्रोल पम्पलाई दिएको आयल निगमले पुष्टी गरेको पत्र हेर्नुहोस

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip marwah4d barong4d moga4d bisajp slot gacor toto slot slot gacor barong4d
kingmedan303 rajamania rajamania sritoto sritoto sritoto rajamania sritoto sritoto beb88 beb88 beb88 djarum4d djarum4d beb88
zeonslot m77
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM