२०८२ फाल्गुन ३ गते, आईतवार ०२:०१

सशस्त्र प्रहरीको सहयोगमा सिर्सियाबाट गाई एवं काजुको तस्करी

वीरगंज/सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट सिर्सियामा सशस्त्र प्रहरी निरीक्षक दिपेन्द्र साउदको आगमन कुख्यात गाई तस्कर विकास गुप्ता एवं काजुको तस्करी गरेर छोटो समयमै कुख्याती कमाएका पशुपति यादवलाई छिट्ठा नै परेको जस्तो भएको छ ।

गाईको तस्करी गर्ने भारतीय नागरिक विकास गुप्ता एवं पशुपति मात्र नभई यतिखेर सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट सिर्सिया एवं ड्राइपोर्ट नाका यतिखेर रम्भु, मंजु, जितु लगायतका तस्करहरूलाई पनि सुनौलो अवसरको रुपमा भरपूर फाइदा लिइरहेका छन् ।

यी नाकाबाट तस्करहरूले दैनिक ठूलो संख्यामा मध्यराती १ बजेपछि विहान ४ बजेसम्म गाई, काज्, किसिमिस, नेपालमा प्रतिबन्धित रेडबुल लगायतका तस्करी मात्र होइन, कपडा, हार्डवेयरका साथै कम्प्युटर पार्टस्को पनि खुल्लेयाम तस्करी गरी नेपालको भन्सार राजश्व चुहावट गरिरहेका छन् ।

सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्टमा सशस्त्र प्रहरी निरीक्षक साउदको आगमनसँगै तस्करहरूले दैनिक करोडौंको राजश्व चुहावट हुनेगरी लत्ता कपडा, काजु, किसमिस, बदाम, हार्डवेयर एवं प्रतिबन्धित रेडबुल भित्र्याइरहेका छन् ।

सदरमुकाम वीरगंजबाटै हाकाहाकी रुपमा प्रहरी प्रशासनको सहयोगमै जर्सी गाईको तस्करी हुनु र काजु र कपडाजस्ता बढी राजश्व असुली हुने सामग्री भन्सार राजश्व छलि गरेर भित्र्याउन तस्करले सहजता पाएपछि मुलुकको अथतन्त्र उकास्ने सरकारी नीतिमा कुठाराघात भएको प्रमाणित हुन्छ ।

सीमा क्षेत्रबाट हुने अवैध गतिविधि, चोरी तस्करी तथा ओसारपसारको प्रमुख जिम्मेवारी पाएका सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोष्ट सिर्सियाका प्रमुख सशस्त्र प्रहरी निरीक्षक साउदले नै तस्करीको लाईन दिएपछि भारत पन्टोका निवासी विकास गुप्ताले दिनहुँ मध्यराती २५ देखि ३० वटा सम्म जर्सी गाई तस्करी गरी ल्याउने गरेका छन् ।

त्यसैगरी काजु र रेडबुलको तस्करी गर्ने लाईन पशुपतिले पाएका छन् । पशुपतिले दैनिक भारी परिमाणमा सिर्सिया, छपकैया र ड्राइपोर्ट नाका भएर काजु, किसमिस एवं नेपालमा प्रतिबन्धित रेडबुल नेपाल भित्र्याएर नेपाल सरकारको राजश्व मात्र चुहावट गरेका छैनन् । उपभोक्ताहरूको स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने हानिकारक रेडबुल समेत भित्र्याउने गरेका छन् ।

तस्करहरूले अवैध रुपमा सिर्सिया र ड्राइपोर्ट नाका भएर भित्र्याएको आठ क्वीन्टल काजु हालै बरामद भएपछि सो क्षेत्रबाट खुल्लेयाम तस्करी भइरहेको पुष्टी हुन आउँछ । त्यति मात्र नभई सीमा क्षेत्रका हरेक नाकामा रहेका सशस्त्र प्रहरीलाई प्रभावमा पारेर रम्भु, मंजु, जितु लगायतका तस्करहरूले कपडा, हार्डवेयर, कम्प्युटर पार्टस्लगायतका सामग्री तस्करी गरेर नेपालको राजश्व चुहावटमा भरपुर सहयोग गरिरहेका छन् ।

यस सम्बन्धमा पत्रकारले सोधेको प्रश्नमा बोर्डर आउट पोष्ट सिर्सियाका प्रमुख, सशस्त्र प्रहरी निरीक्षक साउदले खुल्ला सीमा र जनशक्ति अभावका कारण आफूले तस्करी नियन्त्रण गर्न नसकेको बताउनु भयो ।

त्यस्तै सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेक्वा. पर्साका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक किसन कर्माचार्यले पर्सामा आफू नयाँ भएकोले सबै नाका र स्थानबारे पर्याप्त जानकारी नभएपनि मातहतका सम्पूर्ण प्रस्तावित गुल्म र बिओपी क्षेत्रबाट हुने अवैध तस्करी तथा चोरी निकासी/पैठारी नियन्त्रण गर्न कडा निर्देशन दिएको बताउनु भयो ।

प्रतिक्रिया लेख्नुहोस्

निर्दोषलाई समातेर ‘काम देखाउने’ प्रहरी? ट्रान्सपोर्ट एरियाको झडपमा पर्सा प्रहरीमाथि गम्भीर आरोप

वीरगंज/वीरगंज महानगरपालिका-आदर्शनगरस्थित ट्रान्सपोर्ट एरियामा माघ २६ गते भएको झडप घटनामा

निर्दोषलाई समातेर ‘काम देखाउने’ प्रहरी? ट्रान्सपोर्ट एरियाको झडपमा पर्सा प्रहरीमाथि गम्भीर आरोप

वीरगंज/वीरगंज महानगरपालिका-आदर्शनगरस्थित ट्रान्सपोर्ट एरियामा माघ २६ गते भएको झडप घटनामा

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/ slot gacor
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot bendera62 djarum4d m77 andara88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM