२०८२ आश्विन २६ गते, आईतवार ०९:०५

दश दिनदेखि वेपत्ता डा. कोइरालाको शव भेटियो

झापा। झापाको दमक वडा नं. १ निवासी डा. प्रज्वल कोइराला वेपत्ता भएको दश दिनमा मृत अवस्थामा फेला परेका छन्। सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका वडा नं. २ को कोशीको भंगालो छुटेर टापु बनेको क्षेत्रमा मंगलबार अपरान्ह लाश फेला परेको हो।

माछा मार्ने स्थानीयले शव देखेर प्रहरीलाई खवर गरेपछि गएर हेर्दा डा. कोइरालाको फोटोसँग मिल्दो जुल्दो रहेको सुरक्षा वेश चतराका इन्चार्ज शसस्त्र प्रहरी निरीक्षक देवेन्द्र रोक्काले जानकारी दिए।

रोक्काका अनुसार साढे ४ बजेतिर खबर आएपछि रोक्कासहितको टोलीले शवलाई धरानको बीपी मेमोरियल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोष्टमार्टमका लागि पठाइएको थियो।

मृतक डाक्टरका बुवा दिवाकर कोइरालासहित वडाअध्यक्ष हरिप्रसाद न्यौपानेको टोली धरान पुगेर पहिचान गर्दा डाक्टरकै शव भएको अध्यक्ष न्यौपानेले जानकारी दिए।

डाक्टर कोइराला भदौ १० गते देखि वेपत्ता भएका थिए। उनको गाडी, जुत्ता र मोवाइल कोशी व्यारेज छेऊमा ११ गते फेला परेको र सीसी क्यामेराको फुटेज हेर्दा नदिमा हामफालेको आशंका गरिएको थियो। ३२ बर्षीय डा. कोइराला मदन भण्डारी ट्रमा सेन्टर उर्लाबारीमा जनरल सर्जनको रुपमा कार्यरत थिए।

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM