२०८३ जेष्ठ ३ गते, आईतवार १२:०५

अन्तरजातिय प्रेम कथामा ‘श्रद्धा–सुमन’ निर्माण

काठमाडौँ। अन्तरजातीय प्रेम कथामा नयाँ फिल्म निर्माणको घोषणा भएको छ। के.डी प्रशितको लेखन तथा निर्देशनमा तयार हुन लागेको फिल्मको नाम ‘श्रद्धा–सुमन’ राखिएको छ । यो फिल्मको आजबाट बन्दिपुरमा वर्कशप समेत सुरु भएको छ।

के.डी फिल्मस् प्रालिको पहिलो प्रस्तुतिको रुपमा निर्माण हुन लागेको यो फिल्मलाई अमर सिंह खातीले निर्माण गर्दैछन्। फिल्मको प्रस्तुतकर्तामा सोनिया नेपाली र सुप्रिया सिंह खाती छन्।

यो फिल्ममा अधिकांश नयाँ कलाकारको अभिनय रहनेछ। फिल्ममा दीपक अधिकारी र आकांक्षा तामाङ शिर्ष भूमिकामा देखिदैछन्। एक ब्रम्हाण यूवक र एक तामाङ यूवतीको प्रेम कथामा यो फिल्म बन्न लागेको निर्देशक प्रशितले जानकारी दिए।

फिल्ममा दीपक र आकांक्षाको साथमा कमलमणी नेपाल, सुवर्ण बस्ताकोटी, सुरविर पण्डित, विमल पौडेलको मुख्य भुमिका रहनेछ। यो फिल्ममा चिरञ्जिवी भण्डारीको संगीत, उत्सव दाहालको छायांकन रहनेछ।

फिल्मको छायांकन भने भदौको १५ गतेबाट सुरु गर्ने निर्देशक प्रशितले जानकारी दिए। यो फिल्मको छायांकन बन्दिपुर, चितवन, पोखरामा हुनेछ। साथै, नेपाल बाहिर पनि यो फिल्मको छायांकन गर्ने तयारी गरिएको निर्माणपक्षले बताएको छ।

प्रतिक्रिया लेख्नुहोस्

प्रधानमन्त्री कार्यालयको चेतावनी: सरकारी नाम दुरुपयोग गरी कर्मचारी धम्क्याउनेलाई कडा कारबाही हुने

काठमाडौं । नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री, सचिवालय

प्रधानमन्त्री कार्यालयको चेतावनी: सरकारी नाम दुरुपयोग गरी कर्मचारी धम्क्याउनेलाई कडा कारबाही हुने

काठमाडौं । नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री, सचिवालय

Live

Listen Live FM