Friday, May 3, 2024
घरसामाजिक संजालएक करोडको "पत्रकारिता पुरस्कार"

एक करोडको “पत्रकारिता पुरस्कार”

– शेखर ढुँगेल

एक करोडको “पत्रकारिता पुरष्कार “आउँदैछ भन्दै मेडियालाई “दास” बनाउन नियत राख्ने वाग्लेले ठूलै तयारीका साथ नेपाली सेनाको विरुद्धमा मिसन तयार पर्दैछन् । उनी र उनको मिसिनरी सहायक किन बोल्दैनन् ?

१. भारत, अमेरिका र विश्वकै ठूलो राजनैतिक प्रशासनिक संरचनाको खारेज गर्नु पर्ने कुरो ?

२. आर्थिक औकात भन्दा टाढाको संघियता खारेजीको सोच किन पलाएको छैन? कारण देश असफलताको मुखमा पुगेको छ ?

३. ५५ वटा सेता हात्ती आयोग कार्यकर्ता भर्ति गर्न रचिएका अनेकौ बिभाग समितिको खारेजीको कुरो खोई ?

नेपाल जस्तो देशमा एक जिल्ला १ सांसद किन हुनु पर्दैन ?

४. युबा पलायन रोक्ने नीति सुत्र खोई ? सेनालाई निष्प्रभावि पार्ने युवा पलायन तीब्र पार्ने र क्षेत्रीय जातीय धार्मिक अनियन्त्रित विद्रोह गराई नेपालमा विदेशी सेना भित्र्याउने नेपाली जेलेंसकीहरुबाट होसियार बनौ।

पुराना बुख्याचाहरुको पकड फितलो हुँदै गएपछि नयाँ आवरणमा बुख्याचालाई खतरनाक रुपमा सक्रिय पाइदैछ एकातिर देश असफलताको चर्चा अर्को तिर संकटमा काम गर्ने सेनाको आत्मबल गिराउने खेल ? यो के हो ? नेपाली नागरिकले बुझ्नु जरुरी छ अन्यथा पछुताउनु पर्ने छ।

म त भन्छु युबा पलायन रोक्न सेनाको संख्या कम्तिमा ३/४ लाख पुऱ्याउनु पर्छ र बिकासको काममा लगाउनु पर्छ। कटौती जेल्न्सकीहरुको हुनु पर्छ । ढुँगेलको फेसबुक वालबाट साभार

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -