२०८३ बैशाख २ गते, बुधबार ०९:५१

रौतहटबाट ऐतिहासिक तस्करी, कसलाई के को लाईन ?

रौतहट/भारतसँग सीमा जोडिएका रौतहटका सबै नाकाबाट इतिहासमै कहिल्यै नभएको तस्करीको लाइन खुल्ला गरिएको खबर प्राप्त भएको छ ।

सीमा क्षेत्रमा रहेका सशस्त्र बल र नेपाल प्रहरीलाई प्रभावमा पारेर तस्करहरूले भारतसँग सीमा जोडिएका रौतहटको मूख्यनाका गौर र आसपासका क्षेत्रबाट मूख्य रुपमा दैनिक करोडौं रुपैयाँ बराबरका राजश्व छलि गरि सामानहरू भित्र्याइरहेको प्रत्यक्षदर्शीहरू बताउँछन् ।

गौर वडा नं. २ महादेवपट्टी नाकाबाट राधेश्याम साहले भन्सार राजश्व छलि गरी जिरा, धनियाँलगायत किराना सामग्री एवं चप्पल/जुत्ता ल्याएर नेपाल बैंक नजिकै रहेको गोदाममा भण्डारण गर्ने र त्यहाँबाट नक्कली बिल बिजक बनाई बाहिर पठाउने गरेको समाचार स्रोतले जनाएको छ । राधेश्यामले महादेवपट्टी क्षेत्रबाट मात्र नभई गौरको पूर्वी क्षेत्र बेलबिछवा नाका र गौर भन्सारको पूर्वपट्टीको बाटोबाट समेत तस्करी गरि ल्याइएका सामानहरू राख्ने गरेका छन् ।

मुकेश साहले मूख्य भन्सारबाट कपडा ल्याउने गरेका छन्, रामनारायण साहले महादेवपट्टी नाका भएर कपडा ल्याउने गरेका छन् भने गिरधारी अग्रवाल/मुकेश अग्रवाललाई महादेवपट्टीको रुटबाट कपडा ल्याउने लाइन दिइएको छ । मुकेश अग्रवाल नेपाल र भारत दुबै देशका नागरिकता बोकेका दोहरो नागरिक हुन् । यिनले हुण्डीको पनि कारोबार गर्ने गरेको स्रोतले जनाएको छ । अग्रवालको गोदाम र पसल जिल्ला प्रशासन कार्यालय, रौतहटको नजिकै रहेको छ ।

त्यस्तै भन्सारको पूर्वलगायत सोही नाकाहरूबाट नरेश साह भन्नेले रातको समयमा कपडाको तस्करी गरि ल्याउने गरेका छन् भने सुरेन्द्र साहले नेपालबाट चाइनिज स्याउ भारततर्फ पठाउने र भारतबाट कपडा एवं कस्मेटिक सामग्रीहरू तस्करीको माध्यमबाट नेपाल भित्र्याई गौर भन्सारको उत्तरपट्टी गोदाममा राख्ने र नक्कली बिल बनाएर ट्रान्सपोर्टको माध्यमबाट नेपालको विभिन्न भागमा पठाउने गरेका छन् ।

त्यति मात्र नभई मूख्य भन्सार भएरै कपडा र हार्डवेयरका सामान तस्करीको लाईन भरत साहले पाएका छन् । भरतले यसरी तस्करीको माध्यमबाट नेपाल भित्र्याउने गरेका सामान लालकोठी नजिकको गोदममा भण्डारण गर्ने र त्यहाँबाट नक्कली बिल बनाई ट्रान्सपोर्टबाट नेपालका विभिन्न भागमा पठाउने गरेका छन् ।

उता महादेवपट्टी नाकाबाट अवधेश राय, छोटेलाल साह र रामप्रवेशले कपडाको तस्करीको लाइन पाएका छन् । अवधेश, छोटेलाल र रामप्रवेशले पनि दैनिक ठूलो परिमाणमा भन्सार राजश्व चुहावट गर्ने गरेका छन् । सोनु साहलाई महादेवपट्टी नाकाबाट स्याउ तस्करी गरी भारत लैजाने लाईन दिइएको छ ।

त्यसैगरी बन्जरहा सीमा पर्ने प्रहरी चौकी र बिओपी मठिया नाकाबाट कलिमुल्लाह मियाँले भारतबाट खसी बाख्रा ल्याउने लाइन पाएका छन् ।

त्यस्तै प्रहरी चौकी नरकटिया क्षेत्र अन्तर्गत पर्ने हाँस फार्मभित्र ह्दय नारायण सााहले चिनी, मल र कपडाको गोदम राखेका छन् । भारतको घोडासहन र चैनपुर बजारबाट बंकुल रुट हुँदै भन्सार छलिको माध्यमबाट भित्र्याइने चिनी, मल र कपडा सो फार्मभित्रको गोदाममा भण्डारण गरी नक्कली बिल बनाएर बजारमा पठाउने गरेका छन् । सोही क्षेत्रबाट मौलापुरका निरज साह र नवल जैसवालले दैनिक १० वटा मोटरसाइकलमा भरियाहरूमार्फत कपडाको तस्करी गरी ल्याउने लाइन पाएका छन् ।

त्यस्तै इशनाथ नगरपालिका औरैयाका जय नारायण शाहले बिहार सरकारले प्रतिबन्ध गरेको रक्सी भारततर्फ पैठारी गर्ने लाइन पाएका छन् ।

उता रौतहटको पूर्वी दक्षिणी भेग ब्रम्हपुरी र बेलबिछवाबाट सतीस सिंह र गम्भीरा यादवले दैनिक ठूलो परिमाणमा रक्सी भारततर्फ पठाउने गरेका छन् । भने रामनाथ साहले भारतीय बजार बैरगनियाँबाट बेलबिछवा नाका भएर कपडाको तस्करी गर्ने गरेका छन् ।

त्यसैगरी बिपी चौकमा रहेको सृष्टी हार्डवेयर संचालकलाई महादेवपट्टी नाकाबाट हार्डवेयरका सामान भित्र्याउन लाइन दिइएको छ । उनले बिपि चौकमै रहेको गोदममा भण्डारण गरेर नक्कली बिल बनाई काठमाण्डौलगायतका ठाउँमा पठाउने गरेका छन् ।

बंकुल नाकाबाट लखिन्दर साहले खैनी र कपडाको तस्करी गरी नेपाल ल्याउने गरेका छन् भने नबल साहले कपडा ल्याउने गरेका छन् । त्यस्तै गरुडाका व्यापारी सुनिल साहले बंकुल नाका भएरै चिनि मगाउने गरेका छन् ।

भारतसँग सीमा जोडिएका क्षेत्रमा अत्याधुनिक हातहतियार एवं सेवा सुविधासहित परिचालन गरिएका सशस्त्र प्रहरी बलको बाक्लो तैनाथगी एवं सपोर्टिङमा रहेका नेपाल प्रहरीका विभिन्न चौकी एवं प्रहरी कार्यालय हुँदा हुँदै इतिहासमै कहिल्यै नभएको तस्करी लाइन यतिखेर रौतहटबाट अनियन्त्रित रुपमा संचालन हुनुले जिम्मेवार निकायको संरक्षण प्रष्ट हुन आउँछ ।

सशस्त्र प्रहरी एवं नेपाल प्रहरी नेतृत्व एवं प्रदेशका प्रमुख डिआइजीहरू इमान्दारीको गफ लगाएपनि उनका मातहतका सशस्त्र/प्रहरी पोष्टहरूबाट हुने यस्ता नीति एवं आचरण विपरित अनियन्त्रित देखिनुले पनि काले काले मिलेर खाउँ रातो भाले भन्ने उखान चरितार्थ भएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

bokep viral bokep viral marwah4d bisajp slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d carteltogel waktoto berastoto abutoto pttoto pajerotogel ayutoto tayotogel blacktoto tempotogel petanitogel gaduntogel sritogel pandatogel watitogel dentogel maxtogel permatatoto gudangtoto zygatogel zoros4d zooyaqq zoros88 zwaysbet zumos99 zuls4d zuues zpmaa138 zozoz zooros88 zorac4d zoomiqq zoomi88 zoomi555 zoomi4d zooms168 zoney55 zoomis zyngga zurichs zumas168 zuues138 zttm138 zozozslot zozslot zorroslot88 zooros zoomislot88 zoomiengine zoomi777 zoomi55 zoomi188 zooms138 zoneylucky zoney4d zonacslot88 sempurna178 sempurna178 sempurna178 sempurna178 sempurna178 sempurna178
rajamania slot gacor sritoto rajamania slot88 beb88 raintoto relic88 koi77 sritoto sritoto sritoto sritoto sritoto sritoto sritoto
slot gacor m77 zeonslot bendera62 bendera62 bendera62 andara88 andara88 slot gacor
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM