काठमाडौं । प्राविधिक समस्याका कारण काठमाडौं धनगढी उडानको श्री एयरलाइन्सको जहाज काठमाडौं फर्किएको छ । शनिबार अपरान्ह ३:३३ मा काठमाडौं विमानस्थलबाट उडेको श्री २२५ उडान नम्बरको जहाज काठमाडौं नै फर्किएको हो ।
हाइड्रोलिक फेल भए पछि जहाज काठमाडौं फिर्ता भएको त्रिभुवन विमानस्थलले जानकारी दिएको छ । श्रीको जहाज अवतरणपछि काठमाडौं विमानस्थलको ट्याक्सी वेमा अड्किएको थियो । त्यसलाई तानेर पार्किङ वेमा लगिएको छ ।