२०८३ जेष्ठ ५ गते, मंगलवार २०:५८

हरिशयनि एकादशी महत्त्व

– कृष्णकान्त झा “शास्त्री”

आषाढ मासको शुक्ल पक्षको एकादशी तिथिलाई ‘हरिशयनी एकादशी भन्ने गरिन्छ । ‘हरि’ भन्नाले भगवान् विष्णुलाई बुझिन्छ । ‘शयन’ को अर्थ सुत्नु हो । आषाढ शुक्ल पक्षको एकादशी तिथिमा भगवान् श्रीहरि क्षीरसागरमा गई शेषनागमाथि शयन गर्नुहुने भएकाले यस दिनलाई हरिशयनी एकादशी भनिएको हो । पुराणहरूमा उल्लेख भएअनुसार भगवान् श्रीहरि यस दिनदेखि चार महिनासम्म क्षीरसागरमा शेषनागरूपी शय्यामा शयनगर्नुहुन्छ। आषाढको शुक्ल एकादशीमा शयन गरी भाद्र शुक्ल एकादशीमा कोल्टे फेर्नुहुन्छ र कार्तिक शुक्ल एकादशीमा जाग्नुहुन्छ। यसर्थ पछिल्ला दुई एकादशीलाई क्रमशः हरिपरिवर्तिनी र हरिबोधिनी एकादशी भनिन्छ । समग्र मानवजातिलाई भगवानका यी क्षणहरू परम कल्याणदायी मानिन्छन्। यसर्थ इतिहास, पुराण एवं धर्मशास्त्रहरूमा यी क्षणहरूलाई उत्सवका रूपमा मनाउन निर्देश गरिएको छ ।

स्कन्दपुराणमा आषाढ शुक्लपक्षको एकादशीमा भगवानको शयनोत्सव मनाउनुपर्छ भनिएको छ। ब्रह्मपुराण, भविष्यपुराण र वराहपुराणमा पनि भगवानको शयन, परिवर्तन र जागरण हुने समयमा उत्सव मनाउनुपर्ने वचन पाइन्छ।

आषाढ शुक्लपक्षको एकादशीका दिन उपवास गरी विधिपूर्वक चातुर्मास्य व्रत प्रारम्भ गर्नुपर्छ । ब्रह्मवैवर्त पुराणमा एकादशीको माहात्म्य एवं व्रतीले पालना गर्ने विधिविधान उल्लेख गरिएको छ। व्रतीले विशेष रूपमा शरीर शुद्धिका साथै आहार- व्यवहारमा शास्त्रोक्त निषेधको परिपालना गर्नुपर्छ। यस व्रतमा निराहार उपवासलाई उत्तम मानिएको छ । तर फल, फूल, तिल, दूध, दही, मोही, पानी, घिउ आदि खाएर पनि व्रत- उपवास गर्न सकिन्छ। एकादशी व्रतमा अन्न भने खान हुँदैन । भनिन्छ, सबै पापहरू एकादशीका दिन अन्नमा गएर बसेका हुन्छन्। व्रत बस्दा मुख्यरूपले शारीरिक अवस्था विचार गर्नुपर्दछ। यसर्थ बेलुकीको हविष्यान्नलगायत सात्विक भोजनलाई एकादशीमा निषेध परिपालनाकै रूपमा लिने गरिन्छ ।

एकादशी व्रतलाई नित्यकर्मका रूपमा पालना गर्नुपर्दछ । नगर्दा दोष लाग्ने र गर्दा विशेष कामना पूर्ति नहुने कर्म नित्य हो । गर्दा फल मिल्ने तर नगर्दा दोष लाग्ने कर्मलाई नैमित्तिक कर्म भन्दछन्। यस्तै गर्दा फल मिल्ने र नगर्दा दोष नलाग्ने कर्म काम्य हुन्छ। एकादशी व्रत पालन नगर्दा भगवानको उत्सवप्रति बेवास्ता र शास्त्रहरूकै अवज्ञा हुने हुँदा यो नित्यकर्म नै हो । हरिशयनी एकादशी कै दिन तुलसी रोप्नु पर्छ।

विधिपूर्वक व्रत बस्दा विभिन्न फल प्राप्त हुने शास्त्रमा उल्लेख छ।

प्रतिक्रिया लेख्नुहोस्

वीरगञ्जबाट पक्राउ परेका दुर्गा प्रसाईंमाथि कुन मुद्दा चलाउने भन्नेमा अझै अन्योल, कानुनी परामर्शमै पर्सा प्रहरी

वीरगञ्ज । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले सोमबार साँझ वीरगञ्जस्थित

वीरगञ्जबाट पक्राउ परेका दुर्गा प्रसाईंमाथि कुन मुद्दा चलाउने भन्नेमा अझै अन्योल, कानुनी परामर्शमै पर्सा प्रहरी

वीरगञ्ज । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले सोमबार साँझ वीरगञ्जस्थित

Live

Listen Live FM