२०८२ चैत्र २५ गते, बुधबार १४:१८

इन्भेष्टमेन्ट बैंकका डेपुटी सीईओमाथि ऋणी महिलाद्वारा अभद्र ब्यवहारको आरोप

काठमाडौं । मेडिकल ब्यवसायी दुर्गा प्रसाईले बैंक तथा वित्तीय संस्थाका सीईओ र डेपुटी सीईओहरुले ब्याज र किस्ता समयमा हाल्न थोरै पनि बिलम्ब गरेमा तनाव दिने, धितो लिलाम गर्नेमात्र होइन, महिलाहरुमाथि शोषण गर्ने गरेको आरोप सार्वजनिक रुपमै लगाउँदैआएका छन् ।

१०–२० लाख ऋण लिंदा करोडौंको सम्पत्ति धितो राखिएको हुन्छ । अलिकति समय किस्ता र ब्याज तिर्न ढिला गरेमा त्यो धितो लिलाम गर्ने र ब्यवसाय गर्नेहरुलाई आत्महत्या गर्न बाध्य बनाउने गरेको प्रसाईको आरोप छ ।

यसैक्रममा नेपाल इन्भेष्टमेन्ट बैंकबाट ऋण लिएकी एक महिला उद्यमीले आफूमाथि बैंकका नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ )ले अभद्र ब्यवहार गरेको भन्दै राष्ट्रिय महिला आयोगमा कारबाहीको माग गर्दै उजुरी दिएकी छन् । महिला उद्यमी शान्ता बुढाथोकीले सामान निर्यातका लागि स्वीकृत भइसकेको ऋण लिन जाँदा आफूमाथि नेपाल इन्भेष्टमेन्ट बैंकका डीसीईओ महेश शर्मा ढकालले अभद्र ब्यवहार गरेको उजुरी महिला आयोगमा दिएकी हुन् ।

तकिन्जो इण्डष्ट्रिज प्रा.लि., डाइमी ट्रेडिङ प्रा. लि र हामीनिट इण्डष्ट्रिज प्रा. लि. समेत ३ वटा कम्पनीकी संचालक शान्ता बुढाथोकीले नेपाल इन्भेष्टमेन्ट बैंकका डेपुटी सीईओ महेश शर्मा ढकालमाथि संगीन आरोप लगाउँदै उजुरी दिएकी हुन् । बुढाथोकीले २०८० असार ३ गते आयोगमा उजुरी दिएकी छन् । महिला आयोगले उनको उजुरीका बारेमा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई समेत जानकारी गराइसकेको छ ।

बुढाथोकीको उजुरीमा उल्लेख छ–‘ साविक नेपाल इन्भेष्टमेन्ट बैंक लि. बाट मैले तकिन्जो इण्डष्ट्रिज. लि, डाइमी ट्रेडिङ प्रा.लि. र हामीनिट इण्डष्ट्रिज प्रा.लि. नामक कम्पनी संचालन गर्दैआएको छ । यी तीनै कम्पनीले इन्भेष्टमेन्ट बैंकबाट कारोबार गर्दैआएका छन् । व्यवसायकै क्रममा साविक इन्भेष्टमेन्ट बैंकसँग मेरो करीब ६५ करोड बराबरको कारोबार रहेको छ । मैले संचालन गरी आएको कम्पनीको कारोबार लगायत मेरो कर्जा नियमित गर्दै आएको छु । नेपाल इन्भेष्टमेन्ट बैंक लि. बाट पहिलो पटक रु ८ करोड ७८ लाख ९५ हजार सामान निर्यात गर्ने प्रयोजनको लागि र सो पश्चात् ४ करोड स्थिर सम्पति खरिद लगानी गर्ने प्रयोजनका लागि ऋण स्वीकृत भएको थियो ।

उक्त ऋण स्वीकृत भएपश्चात् नेपाल इन्भेष्टमेन्ट बैंक र मेघा बैंक मर्जरको प्रक्रियामा रहेको कारणबाट कर्जा प्रवाह भएको थिएन । उल्लेखित दुबै बैंकहरु एक आपसमा मर्ज भए पश्चात् महेश शर्मा ढकाल नेपाल इन्भेष्टमेण्ट मेघा बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ ) भएर आउनुभयो । त्यसपछि उनलाई सम्पर्क गरी भएको व्यहोरा अवगत गराउने विचार राखी ढकाललाई भेट्न उनको कार्यकक्षमा गएँ ।

कार्यकक्षमा प्रवेश गरेपछि उनले ‘तपाई मसँग सम्पर्कमा रहिरहनुहोला भनी आश्वासन दिएको हुँदा ढकालको विश्वासमा परी २०७९ चैत २९ गते अन्दाजी २ बजेको समयमा फेरि उनलाई भेट्न गएँ । उनले ‘तपाईंको कर्जा चाँडै स्वीकृत हुँदैछ । त्यसका लागि मैले भनेको काम गर्नुपर्दछ भनी म बसेको ठाँउमा नजिक आई गलत मनसायले अभद्र व्यवहार गरेकाले किन यस्तो प्रकारको कार्य गर्न खोज्नुभएको हो । यस्तो गलत कार्य नगर्नुहोस् तपाई जस्तो ओहदामा बसेको व्यक्तिले अनैतिक व्यवहार गर्न मिल्दैन भने । त्यसपछि उनले भने–‘मैले भनेको नमानेमा तिम्रो काम हुँदैन, हामीसँग सम्पर्क नबढाएमा अर्थात् हामीले बोलाएको स्थानमा नआई हामीले भनेको नमानेमा जे पनि हुन सक्छ भन्ने धम्कीपूर्ण भाषा प्रयोग गालीगाली गलौज समेत गरी अभद्र व्यवहार गरे । बैंकमा ऋणका लागि जाने म जस्तो उद्यमी महिलालाई यस्तो ब्यवहार गर्ने ढकाललाई पक्राउ गरी कानूनी बमोजिम कारबाही गरी हदैसम्मको सजाय समेत गरी पाउन सम्बन्धित निकायमा जो चाहिने आवश्यक निर्देशन जारी गरी पाउँ ।’

शान्ता बुढाथोकीले अभद्र ब्यवहार गरेको आरोप लगाउँदै महिला आयोगमा दिएको उजुरीका बारेमा नेपाल इन्भेष्टमेन्ट बैंकका डेपुटी सीईओ महेश शर्मा ढकालको प्रतिक्रिया यस्तो छ–म त मर्जपछि आएको हुँ । इन्भेष्टमेन्ट बैंकबाट बुढाथोकीले ऋण लिएपछि किस्ता र ब्याज नै नतिरेको अवस्था रहेछ । बैंकलाई दुःख दिने गर्नुभएको रहेछ । उहाँले लिएको ऋण नतिरेपछि निस्क्रिय कर्जामा परेको छ । उहाँलाई बोलाएर ऋण तिर्नुस्, ऋण तिरे यही बैंकमा कारोबार गर्नसक्नुहुन्छ, यहाँ नगरे अर्को बैंकमा कारोबार गर्ने वातावरण हुन्छ । कर्जा सूचना केन्द्रमा जानकारी पठाइसकेपछि अर्को बैंकमा जान गाह्रो हुन्छ ।

कर्जा नियमित राख्नुुस् भनेर सम्झाएको हुँ । उहाँले नै एक जनालाई फोन गराएर भेट्न खोज्नुभएको थियो । उहाँ एकदम विचलित जस्तो देखिनुभएको छ । राष्ट्रबैंकमा जाने, नेताहरुकोमा पुग्ने गर्नुभएको, फोन गराउने गर्दैआउनुभएको छ । उहाँलाई सहजीकरण गर्नका लागि सम्झाएको हो । एक हप्ताभित्र पैसा तिर्छु भनेर जानुभएको मानिस ऋण नतिर्नका लागि यस्ता काल्पनिक कुरा उल्लेख गरी उजुरी हालेर हुन्छ ? अहिले प्रविधिको जमानामा झुटो कुरा परीक्षण गरे तुरुन्तै थाहा भइहाल्छ ।’ साभार: नेपालफेस

प्रतिक्रिया लेख्नुहोस्

bokep viral bokep viral marwah4d bisajp slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d carteltogel waktoto berastoto abutoto pttoto pajerotogel ayutoto tayotogel blacktoto tempotogel petanitogel gaduntogel sritogel pandatogel watitogel dentogel maxtogel permatatoto gudangtoto zygatogel zoros4d zooyaqq zoros88 zwaysbet zumos99 zuls4d zuues zpmaa138 zozoz zooros88 zorac4d zoomiqq zoomi88 zoomi555 zoomi4d zooms168 zoney55 zoomis zyngga zurichs zumas168 zuues138 zttm138 zozozslot zozslot zorroslot88 zooros zoomislot88 zoomiengine zoomi777 zoomi55 zoomi188 zooms138 zoneylucky zoney4d zonacslot88 sempurna178 sempurna178 sempurna178 sempurna178 sempurna178 sempurna178
rajamania slot gacor sritoto rajamania slot88 beb88 raintoto relic88 koi77 sritoto sritoto sritoto sritoto sritoto sritoto sritoto
slot gacor m77 m77 bendera62 bendera62 andara88 m77
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM