२०८२ माघ १२ गते, सोमबार ०५:००

सबै दललाई सरकारमा सहभागी गराउने तयारी

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार पुर्नगठनको तयारी थालेका छन्। सरकारमा सहभागी भएका तीन दल बाहिरिए पछि रिक्त रहेका मन्त्रालयमा नयाँ सत्ता साझेदार दलहरुलाई सहभागी गराउने तयारी गरेका छन्।

प्रधानमन्त्री प्रचण्डले विकसित पछिल्लो राजनीतिक घटनाक्रम अनुसार कायम भएको नयाँ गठबन्धनका दलहरुलाई समेट्ने गरी मन्त्रिमण्डल पुनर्गठनको तयारी थालेका हुन्।

फेरिएको सत्तासमीकरणकै कारण सरकारलाई दिएको समर्थन फिर्ता गर्दै सोमबार सत्तासाझेदार प्रमुख दल नेकपा(एमाले) सरकारबाट बाहिरिसकेको छ। सरकारमा सहभागी राप्रपा समेत शनिबार नै सरकारबाट बाहिरिसकेको छ। राप्रपाले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ।

सरकारबाट बाहिरिएपनि समर्थन कायमै राखेको रास्वापाले हाल सम्म सरकारमा सहभागीताको विषयमा कुनै निर्णय गर्न सकेको छैन। फागुन २५ मा हुने राष्ट्रपतिको निर्वाचनका लागि समेत रास्वपाले उम्मेदवारको समर्थनबारे औपचारिक घोषणा गरेको छैन। आन्तरिक छलफलमा जुटिरहेको रास्वपाले केही दिनमै निर्णय गर्ने बताइएको छ।

विश्वस्त स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्ड फेरिएको राजनीतिक समीकरणअनुरुप मन्त्रिमण्डल पुनर्गठनको तयारीमा लागेका छन्। उनले आज मंगलबार बेलुकासम्म या बुधबारसम्म मन्त्रिपरिषद पुनर्गठनको तयारी थालेका छन्।

माओवादीले प्राप्त गरेको मन्त्रालय संख्या घटाएरै भएपनि अन्य आठ दलीय गठबन्धनमा आवद्ध दलहरुलाई सरकारमा सहभागी गराउने प्रयत्न प्रधानमन्त्रीले गरेको बालुवाटार स्रोतले जनाएको छ।

मन्त्रिमण्डल पुनर्गठनमा अन्य दलहरुलाई समावेश गराउन सहज भएपनि कांग्रेसको आन्तरिक विवादले नजिकिएको राष्ट्रपति निर्वाचनमा प्रभाव पार्ने आशंकाले सरकारले पूर्णता पाउन नसकेको स्रोतले बताएको छ।

प्रधानमन्त्री प्रचण्ड सरकारलाई पूर्णता दिने तयारीमा रहे पनि कांग्रेसमा मन्त्रीका आकांक्षी बढेकाले सबै मन्त्रालय टुंगो लगाउदा असन्तुष्टि बढेर राष्ट्रपतिको निर्वाचनमा असर पुग्ने आशंकाले सबैलाई एक एक मन्त्रालय दिएर सरकारमा सहभागी गराउन लागेका हुन्।

स्रोतका अनुसार कांग्रेसमा उपसभापति पूर्णबहादुर खड्का उपप्रधानसहित सरकारमा सहभागी हुने आकांक्षा ब्यक्त गरेका छन्। त्यस्तै प्रवक्ता समेत रहेका डा.प्रकाशशरण महत समेत पार्टीको नेतृत्व गर्दै सरकारमा सहभागी हुने आकांक्षी राखेका छन्। कांग्रसले सरकारमा पठाउने बारे निर्णय गर्न नसक्दा मन्त्रिमण्डल विस्तारमा ढिलाइ भएको हो।

पुनर्गठित मन्त्रिमण्डलमा रास्वपाले प्राप्त गरेको गृह मन्त्रालय माओवादी या कांग्रेसमध्ये एकले पाउने छन्। माओवादीले गृह ल्याएर कांग्रेसलाई अर्थ मन्त्रालय दिने संभावना प्रबल रहेको स्रोत बताउँछ।

यस्तै केही समय अगाडि सरकारबाट बाहिरिएको तर समर्थन कायमै राखेको रास्वपालाई समेत सरकारमा ल्याउने तयारी भइरहेको छ। रास्वपा पछिल्लो समय गृह मन्त्रालयको दाबीबाट पछि हटेकाले सरकारमा आउने संभावना बढेको बताइएको छ।

अहिले सरकरलाई समर्थन गरेका सरकारमा आउन चाहने सबै दलको प्रतिनिधित्व हुने गरी सबैलाई एक एकवटा मन्त्रालय दिएर सरकारमा सहभागी गराउने प्रधानमन्त्रीको तयारी रहेको छ।

माओवादीबाट सरकारमा सहभागी स्थानीय विकास तथा सामान्य प्रशासन अमनलाल मोदीको कार्यसम्पादन सन्तोसजनक नभएकाले उनलाई अन्य मन्त्रालय दिने या सरकारबाट हटाउनेसम्मको तयारीमा प्रधानमन्त्री प्रचण्ड लागेको स्रोतले बतायो।

माओवादीबाट सरकारमा सहभागी अन्य मन्त्रीहरुले उचित कार्यसम्पादन गरिरहेको बेला मोदीको कामप्रति प्रधानमन्त्री सन्तुष्ट रहेका छैनन्। राज्यमन्त्रीको जिम्मेवारी दिइनुपर्नेमा महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी दिइएको भन्दै उनको माओवादीभित्रै आलोचना सुरु हुन थालेको छ।

यस्तै विश्वासको मत लिनेबारे गठबन्धनमा प्रधानमन्त्रीले छलफल सुरु गरेका छन्। उनले गठबन्धनमा सहभागी दलहरुसँग यसबारेमा नियमित छलफल गरिरहेका छन्।

सरकारलाई समर्थन गरेको प्रमुख दल एमाले र राप्रपाले समर्थन फिर्ता लिएसँगै अल्पमतमा परेको सरकारले राष्ट्रपतिको निर्वाचन अगावै विश्वासको मत लिने तयारी थालेका छन्।

मंगलबार पूर्वसहकर्मी बाबुराम भट्टराईसँग बालुवाटारको भेटमा प्रधानमन्त्री पचण्डले राष्ट्रपतिको निर्वाचन अगावै विश्वासको मत लिने आकांक्षा ब्यक्त गरेको स्रोतले बताएको छ।

प्रधानमन्त्रीले विश्वासको मत लिने समयबारे निरन्तर अठ दलीय गठबन्धनमा छलफल गरिरहेका छन्। पहिले सरकारलाई पूर्णता दिने त्यसपछि विश्वासको मतबारे निक्र्योल गर्ने बताइएको छ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip marwah4d barong4d moga4d bisajp slot gacor toto slot slot gacor barong4d
kingmedan303 rajamania rajamania sritoto sritoto sritoto rajamania sritoto sritoto beb88 beb88 beb88 djarum4d djarum4d beb88
zeonslot m77
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM