२०८३ जेष्ठ २९ गते, शुक्रबार १८:११

पार्टी एकताको लागि माओवादी केन्द्रले बोलायो स्थायी कमिटी बैठक

काठमाडौँ/नेकपा माओवादी केन्द्रले पार्टीकाे स्थायी कमिटीको बैठक बोलाएको छ।

आज बिहीबार बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्नेगरी बाेलाइएकाे बैठक सुरु हुन भने अझै केहीबेर लाग्ने बताइएकाे छ।

पार्टीकाे स्थायी कमिटीका एक सदस्यका अनुसार अबकाे केहीबेरमा बस्ने उक्त बैठकमा डा‍.बाबुराम भट्टराई नेतृत्वकाे नेपाल समाजवादीलगायतका दलहरूसँग पार्टी एकता र अन्य राजनीतिक विषयमा छलफल गर्ने तयारी छ।

यसअघि माओवादी केन्द्रले नेसपा, एकीकृत समाजवादीलगायत दलसँग पार्टी एकताको पहल गर्ने भन्दै उपाध्यक्ष कृष्णबहादुर महराको नेतृत्वमा वार्ता समिति गठन गरेको थियो।

आजकाे बैठक यसै विषयमा केन्द्रित रहेर छलफल गर्ने ती नेताले जानकारी दिएका हुन्।

प्रतिक्रिया लेख्नुहोस्

सुस्ता क्षेत्रमा भारतीय सुरक्षाकर्मी (एसएसबी) प्रवेश गरेपछि स्थानीयद्वारा प्रतिकार, सीमा क्षेत्रमा तनाव

काठमाडौं। पश्चिम नवलपरासीको नेपाली भूमि सुस्ता क्षेत्रमा शुक्रबार हतियारसहित भारतीय

सुस्ता क्षेत्रमा भारतीय सुरक्षाकर्मी (एसएसबी) प्रवेश गरेपछि स्थानीयद्वारा प्रतिकार, सीमा क्षेत्रमा तनाव

काठमाडौं। पश्चिम नवलपरासीको नेपाली भूमि सुस्ता क्षेत्रमा शुक्रबार हतियारसहित भारतीय

Live

Listen Live FM