Tuesday, November 26, 2024
घरविचारपाठक प्रतिकृयाखण्डिकरण सम्बन्धमा

खण्डिकरण सम्बन्धमा

श्रीमान सम्पादक ज्यू

चन्द्रसूर्य वाणी डटकम

वीरगंज, पर्सा

विषय: खण्डिकरण सम्बन्धमा

प्रस्तुत विषयमा तपाईँद्वारा संचालित/सम्पादित लोकप्रिय पत्रिका चन्द्रसूर्य वाणी डटकममा मिति २०७९/०९/११ गते “कालिकामाई गाउँपालिकामा कमिशन आतंक” शीर्षकमा प्रकाशित समाचार र पौष १४ गते “लेखापालको मनपरीले कालिकामाइको स्वास्थ्य चौकीहरूमा औषधि अभाव” शीर्षकको समाचारमा मेरो नाम जोडेर आएकोमा मेरो ध्यानाकर्षण भएको छ।

नेपाल सरकारले निर्दिष्ट गरेको नियम र कानूनको अधिनमा रहेर सो गाउँपालिकामा लेखा प्रमुखको जिम्मेवारी बहन गर्दै आएको यहाँ लगायत सम्पूर्ण पाठक वर्गमा अनुरोध गर्न चाहन्छु।

समाचारमा लेखिएजस्तो कमिशन नदिए भुक्तानी रोक्ने, अल्झाउने मेरो व्यक्तिगत वा पालिकाको कुनै नियत नरहेको स्पष्ट पार्न चाहन्छु।

नियमानुसार भुक्तानी आदेश आएपछि नियतवस भुक्तानी रोक्ने चाहना नभएको समेत स्पष्ट पार्न चाहन्छु। तथापि कुनै ठेकेदार कम्पनी, सप्लायर्सलगायतको भुक्तानी रोकिएको हो भने के कति कारणले रोकिएको हो त्यस सम्बन्धमा बुझ्न सम्बन्धितहरूलाई यसै संचारमाध्यम मार्फत अनुरोध गर्दछु।

त्यस्तै स्वास्थय चौकिहरुमा औषधि खरिद बारे खरिद प्रकृया अगाडि बढिसकेको तर अन्तिम भुक्तानिको लागि फाईल पेश नभएको कुरा समेत जानकारी गराउन चाहन्छु त्यसैगरी हाल कार्यालय प्रमुख अमित कुमार गिरी बिदामा बसेको बेला फोन उठेन, सम्पर्क भएन, कार्यालयमा जाँदा भेट हुँदैन लगायतका कुराहरुको कुनै अर्थ नरहेको जानकारी गराउदछु । रितपुर्वक सबै कागजातहरु सहित कार्यालयमा भुक्तानिको लागि दर्ता भएको कुनै पनि निवेदनको भुक्तानि बाँकी नरहेको स्पष्ट पार्न चाहन्छु।

त्यस्तै सामुदायिक विद्यालयको दिवा खाजा कार्यक्रमको भुक्तानी पनि पौष मसान्तसम्म दिसकिएको हुँदा काम गर्ने कर्मचारीको मनोबल गिराउने नियतले समाचार नबनाई दिन समेत अनुरोध गर्दै यो खण्डन यहाँको लोकप्रिय संचारमाध्यम चन्द्रसूर्यवाणीमा प्रकाशनको लागि अनुरोध छ।

 

अभिषेक कुमार शाह (लेखा अधिकृत)

कलिकामाई गाउँपालिका, पर्सा।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -