२०८३ जेष्ठ ४ गते, सोमबार १८:११

१४ वर्षीय बालक अपहरण एवं हत्यामा संलग्न शिक्षक पक्राउ

वीरगंज/ १४ वर्षीय बालकलाई अपरण गरी हत्या गरेको आरोपमा पर्सा प्रहरीले गुरुकुल विद्यालयमा कार्यरत एकजना शिक्षक र अर्का एक जना अभियुक्तलाई पक्राउ गरी सार्वजनिक गरेको छ।

पर्साको वीरगंज महानगरपालिका वडा नं. २५ सिर्सिया खल्वाटोला निवासी… का १४ वर्षीय छोरा नीरज कुमार पासवान(श्री गुरुकुल पन्ना मेमोरियल ई. बोर्डिंग स्कूल कक्षा ८ मा अध्ययनरत)लाई सोही स्कूलमा कार्यरत शिक्षक पर्साको धोबिनी-१घोडदौडपिप्रा निवासी ३० वर्षीय दिलिप कुमार पटेल र वीरगंज-१७ अलौँ निवासी कृष्णा भन्ने श्याम प्रसाद यादव लगायतले अपहरण पश्चात् हत्या गरि सिर्सिया खल्वाटोल स्थित श्री गुरूकुल पन्ना मेमोरियल ई. बोर्डिङ स्कुलको पुरानो भवन अगाडि सेफ्टी टंकी भित्रमा फालेको अवस्थामा बरामद गरेको थियो।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक कोमल शाहका अनुसार घटनामा तीन जना मुख्य अभियुक्त भए पनि दुई जना पक्राउ परेको र अर्का एक जनाको पनि पहिचान खुलिसकेकोले छिट्टै पक्राउ गरिने बताए।

मंसिर ४ गते अभियुक्तहरूले अपहरित बालक निरज कुमार पासवानलाई हात खुट्टा तथा मुखमा पट बाँधी राखेकोमा निज बालकले बाँधिएको डोरी फुकाइ भाग्न खोजिएकोमा अपहरणकारीहरूको पहिचान खुल्न सक्ने डरले हत्या गरिएको हुन सक्ने बताइन्छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM