Monday, May 20, 2024
घरक्राइम चेक३५ तोला सुन र २५ लाख नगद सहित डिएसपी पक्राउ

३५ तोला सुन र २५ लाख नगद सहित डिएसपी पक्राउ

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणका अति निकट र उनको कार्यकालमा आकर्षक कार्यालयमा इन्चार्ज हुने मौका पाएका इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसी ३५ तोला सुन र २५ लाख रुपैयाँसहित नियन्त्रणमा लिइएको छ ।

प्रहरी प्रधान कार्यालयको निर्देशनमा काठमाडाैँबाट आएको अनुसन्धान टोलीले आइतबार साँझ केसीलाई निवासबाटै नियन्त्रणमा लिएको बुझिएको छ। तर, घटना गुपचुप राखिएको छ।

गत मंसिरमा बुटवलका एक व्यापारीले ल्याएको सुन नियन्त्रणमा लिएर आफैँले राखेको सूचना पाएपछि प्रहरी प्रधान कार्यालयले उनीहरूमाथि छानबिन सुरु गरेको थियो।

केसीले सुन नियन्त्रणमा लिई व्यापारीसँग २५ लाख रुपैयाँ मागेका थिए। आइतबार व्यापारीले २५ लाख रुपैयाँ बुझाए पनि सुन फिर्ता लिन नपाउँदै केसीलाई प्रहरीको छानबिन टोलीले नियन्त्रणमा लिएको हो।

यसअघि नै ईलाका प्रहरी कार्यालयबाट जिल्ला प्रहरी कार्यालय कास्कीमा सरुवा भएका केसी सोमबार रमाना लिई जाने तयारी रहेकोमा काठमाडाैँबाट आएको प्रहरी टोलीले नियन्त्रणमा लिएर रमाना लिन रोक लगाएको छ।

केसी करिब १३ महिनाअघि बुटवल आएका थिए । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले यसबारे आफूले पनि थाह पाएको तर आधिकारीता बारे बुझ्न अनुसन्धान टोलीलाई भेट्न जान लागेको बताए। ‘म अनुसन्धान टोलीलाई भेट्दैछु, त्यसपछि आधिकारिक कुरा के हो बताउँला,’ रेग्मीले भने।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युराे सिआईबीका प्रवक्ता प्रहरी उपरिक्षक कमल थापाले प्रहरी प्रधान कार्यालयको निर्देशनमा केसीमाथि एक्सन लिइएको बताए। ‘यो प्रहरी प्रधान कार्यालयबाट भएको काम हो, जिल्लामा सिआईबीले सघाएको होला,’ थापाले भने ।

डीएसपी केसीले गृहमन्त्री खाँणको आडमा इप्रका बुटवलमा सरुवा भएपछि बर्दीको गर्नुसम्म दुरुपयोग गरेका थिए । डीएसपी केसीले तिलोत्तमा नगरपालिका वडा नम्बर ४ का हरिबहादुर क्षेत्रीलाई पोखरीमा धकेलेर अमानवीयताको हद पार गरेका थिए ।

गृहमन्त्री खाँणका भाइ रामकृष्ण खाँण नगरप्रमुख रहेको तिलोत्तमामा नगरसभा स्थगित गरेको बिरोधमा २०७९ साउन २ मा एमालेले प्रदर्शन गरेको थियो । बिरोध प्रदर्शन गर्ने वडाध्यक्ष केसीलाई डीएसपी केसीले पोखरीमा धकेलेका थिए । त्यतिबेलै उनलाई कारबाही गर्न माग गर्दा गृहमन्त्री खाँणले जोगाएका थिए ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -