२०८२ माघ १० गते, शनिबार १२:५१

प्रहरी हिरासतबाट तामाङ फरार, जाहेरीवाललाई धम्की

ललितपुर । प्रहरी परिसर ललितपुरबाट बैंकिङ कसुरमा पक्राउ परेका इन्द्र तामाङ फरार भएका छन् । उनी ललितपुर प्रहरी परिसरको हिरासतभित्रैबाट फरार भएका हुन् ।काठमाडौंको नागर्जुन नगरपालिका वडा नं ६ का बिकी गुरुङले तामाङका बिरुद्ध २०७९ कात्तिक १५ गते बैंकिङ कसूरमा जिल्ला प्रहरी कार्यालय ललितपुरमा जाहेरी दिएका थिए । गोदावरी नगरपालिका वडा नं ६ बसोबास गर्ने इन्द्र तामाङका बिरुद्ध च. न. २७४३ मा जाहेरी दर्ता गरेको जिल्ला ललितपुर प्रहरी परिसर, अपराध अनुसन्धान तथा कारवाही शाखाले दिएको थियो । जाहेरी दर्ता भएको केही दिनमा बैंकिङ कसूरमा उजुरी परेका इन्द्र तामाङलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले धापासी भाडामा बस्दै आएका कोठाबाट पक्राउ गरेको थियो ।

तामाङले बिकी गुरुङको नाममा २०७९ जेठ १६ गतेको मिति राखी सिभिल बैंक लि. जावलाखेल शाखाको चेक काटेका थिए । उक्त चेक सटहीका लागि मुक्तिनाथ विकास बैंक लि. मा पेश गर्दा बाउन्स भएपछि गुरुङले ललितपुर प्रहरी परिसरमा जाहेरी दिएका थिए । तामाङले गुरुङसँग क्रसर क्रसर व्यवसाय संचालन र बिस्तार गर्नका लागि रकम लिएका थिए । केही समयभित्र फिर्ता गर्ने भनेर विकी गुरुङलाई बिश्वासमा पारेर उनले रकम लिएका थिए ।

छिट्टै फिर्ता गर्ने विश्वासमा परी आफूले तामाङलाई आमा झुमा गुरुङको नाममा मुक्तिनाथ विकास बैंक लि. बाट ऋण रकम लिई संचित गरेको धनबाट पटक पटक गरी जम्मा रु. १६ लाख रुपैयाँ दिएको गुरुङले जाहेरीमा उल्लेख गरेका छन् । छिट्टै नै फिर्ता गरिदिन्छु भनी तामाङले रकम लिएको तर भाखा अवधिपछि पनि सो रकम नदिएको गुरुङले दर्ता गरेको निवेदनमा उल्लेख छ ।‘तामाङलाई पटक पटक सम्पर्क गरी मेरो सो रकम फिर्ता गरिदिनुहोस् भनी आग्रह गर्दा उनले रकम फिर्ता दिन्छु, दिन्छु भन्दै बिभिन्न बहाना गरी झुलाई राखेको गुरुङले उल्लेख गरेका छन् । पटक पटक आग्रह गर्दा पनि रकम नदिएपछि मात्र तामाङका बिरुद्ध जिल्ला प्रहरी परिसर ललितपुरमा जाहेरी पेश गरेको गुरुङले बताएका छन् ।जाहेरी पेश भएपछी जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले धापासी भाडामा बस्दै आएका तामाङलाई कोठाबाट पक्राउ गरी मंसिर २१ गते बेलुका जिल्ला प्रहरी परिसर ललितपुर बुझाएको थियो । तर प्रहरी परिसर ललितपुरले प्रकाउ परेका तामाङलाई म्यादथपका लागि उच्च अदालत पाटनमा पेस गर्नुपर्नेमा गरेन । बरु तामाङलाई प्रहरीभित्रै सेटिङ मिलाई फरार गराइएको स्रोत बताउँछ ।तामाङ फरार भएपछि प्रहरी परिसरका अधिकारीले उल्टै पीडितलाई फसाउँछु भन्दै धक्कीसमेत दिएको आरोप छ । ऋण दिएको रकम असुली हुने आशामा जाहेरी दिएका पीडित गुरुङ उल्टै प्रहरीको निशानामा परेका छन् । फरार इन्द्र तामाङ ललितपुर क्षेत्र नम्बर १ का प्रदेश सभा सदस्य मीनकृष्ण महर्जनको नाम लिंदै खुलेआम हिंडिरहेका छन् । ललितपुर प्रहरीका प्रमुख एसएसपी यज्ञविनोद पोखरेलकै निकट प्रहरी अधिकारीहरुको सेटिङमा तामाङलाई भगाइएको आरोप छ ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip marwah4d barong4d moga4d bisajp slot gacor toto slot slot gacor barong4d
kingmedan303 rajamania rajamania sritoto sritoto sritoto rajamania sritoto sritoto beb88 beb88 beb88 djarum4d
zeonslot m77
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM