२०८२ मंसिर १६ गते, मंगलवार २३:४५

वीरगंज माइस्थान मन्दिर: धार्मिक स्थल कि मुनाफा कमाउने व्यापारिक स्थल?

एक से एक खर्बपति र धनाढ्यहरू सदस्य रहेको वीरगंजको गहवामाई मन्दिर संचालक समितिले यसपाली नवरात्रीमा दूर दराजबाट पूजा गर्न आउने आगन्तुकहरुको लागि कतै पिउने पानीको व्यवस्था गरिएको देखिएन, त्यत्ति मात्र होइन, दर्शनार्थीको चप्पल कुर्न मन्दिर अगाडी २०/- रुपैयाँ शुल्क लिईरहेको देखियो भने मन्दिरको शौचालय पनि पैसा तिरेर मात्र प्रयोग गर्नुपर्ने बाध्यता थियो।

मन्दिरको आफ्नै स्रोत पनि छ।

समितिले अनावश्यक प्रवेश पास वितरण गरेको साथै आवश्यकता भन्दा बढ़ी स्वयंसेवक परिचालन गरेर दर्शनार्थीहरुलाई सहज हुने काम गर्नुको साटो अवरोध सिर्जना गरिरहेका दृश्य समेत देखिए…!

वर्तमान कार्यसमितिले मन्दिर जस्तो ठाउँलाई धार्मिक आस्थाको केन्द्र भन्दा मुनाफा कमाउने व्यापारिक स्थलको रुपमा प्रयोग गरेको जनगुनासाहरू सुनिएका थिए…!

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM