२०८३ जेष्ठ ६ गते, बुधबार ००:४४

बलात्कार मुद्दाका फरार अभियुक्त पक्राउ

काठमाडौँ। बलात्कार मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा डुडुवा गाउँपालिका–३ बस्ने ३५ वर्षीय मोहमद बसर खाँ भन्ने मैनुदिन खाँ रहेका छन् । उनलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला अदालत बाँकेले २०६८ जेठ १ गते उनलाई जबरजस्ती करणी मुद्दामा ४ वर्ष कैद सजाय सुनाएको थियो ।

त्यसपछि फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत बाँकेमा पठाईएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM