२०८३ जेष्ठ ६ गते, बुधबार ०१:३९

निलम्बित प्रधानन्यायाधीश राणाकाे बयान सुरु

काठमाडाैँ – सर्वाेच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाको महाभियोग सिफारिस समितिको बैठकमा आजकाे बयान सुरु भएको छ।

सिफारिस समितिले प्रधानन्यायाधीश राणामाथि केहीबेर अघिदेखि बयान लिन सुरु गरेकाे स्राेतले जानकारी दिएकाे छ।

आज बाँकी रहेका ३२ प्रश्न साेधिने छ। कुल ४३ प्रश्नमध्ये हालसम्म ११ साेधिसकिएकाे छ।

आजकाे बैठकमा दाेहाेराे शैलीमा पश्न नसाेध्ने गरी तयारी गरिएकाे थियाे। जसअनुसार उनलाई एकैपटक प्रश्न दिने र उनले बाेलेपछि अन्तिममा सांसदले प्रश्न साेध्नेछन्।

प्रतिनिधि सभाले साउन १५ मा राणाविरुद्धको महाअभियोगको प्रस्ताव समितिमा पठाउने निर्णय गरेको थियो।

सत्तारुढ दलले २१ आरोपसहित राणाविरुद्ध गएको फागुनमा महाभियोग प्रस्ताव संसदमा दर्ता गराएका थिए।

राणाले मन्त्रिपरिषद र संवैधानिक नियुक्तिमा भागबण्डा खोजेको, कार्यकारीसँग सौदाबाजी गरेको, आर्थिक राजनीतिक मुद्दामा बेञ्च सेटिङ गरेको, भ्रष्टाचार गरेको जस्ता आरोप छन्।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM