Tuesday, May 21, 2024
घरसमाचारराष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षद्वारा जन्मदिनमा वृक्षरोपण

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षद्वारा जन्मदिनमा वृक्षरोपण

काठमाण्डौ, २२ भाद्र/

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष माननीय राजेन्द्र लिङ्देनले आफ्नाे शुभ जन्मदिन वृक्षरोपण गरेर मनाउनु भएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको धुम्बाराही स्थित केन्द्रीय कार्यलय परिसरमा रुद्राक्षकाे वृक्षरोपण गर्दै अध्यक्ष लिङ्देनले पवित्र महत्त्वपूर्ण र सन्देशमुलक अभियान जन्मदिनमा वृक्षरोपण अभियानमा सहभागी हुने अवसर प्राप्ति भएकोमा अत्यन्तै खुसि लागेको बताउनुभयो ।

प्रकृति वातावरण संरक्षण, असल र सभ्य संस्कारलाई प्राेत्साहन र आर्थिक सम्बृद्धिसंग पनि जाेडिएकाे विषयलाई सबैकाे साथ सहयोग रहने बिचार राख्नुभयाे ।

कार्यक्रममा जन्मदिनमा वृक्षरोपण अभियानका परिकल्पनाकार बासुदेव सेढाईले अभियानकाे बारेमा जानकारी दिदै अध्यक्षलाई जन्मदिनको शुभ-भावना व्यक्त गर्नुभयो । जन्मदिनका वृक्षरोपण अभियानका अभियन्ताहरु र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा कार्यकर्ताहरुकाे वृक्षरोपण कार्यक्रममा उल्लेख्य उपस्थिति थियोे ।

प्रकृतिको संरक्षण, स्वच्छ वातावरण र असल संस्कारलाई प्राेत्साहन गर्न जन्मदिनमा वृक्षरोपण अभियान २०७५ साल मंसिर २९ गते लमजुङबाट शुभारम्भ भएको हाे।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -