२०८२ मंसिर २६ गते, शुक्रबार २२:२१

मेयरसँग घुस असुली, वडाध्यक्षबिरुद्ध पक्राउ पूर्जी

बारा । नेपाल प्रहरीमा तल्लो दर्जाका प्रहरी सरुवा बढुवामा समेत बालुवाटारको हस्तक्षेप हुँदैआएको छ । प्रहरी नायब निरीक्षक (सई) दर्जाका लेखापालको सरुवामा समेत बालुवाटारले प्रहरी प्रधान कार्यालयको आर्थिक प्रशासनमा सूची नै पठाएको समाचार आउने गर्दछ । प्रहरी निरीक्षकदेखि एआइजीसम्मको सरुवामा बालुवाटारको हस्तक्षेपका कारण प्रहरीभित्र चरम असन्तुष्टि छ ।
यसैक्रममा गएको साउन ८ मा प्रहरीमा ७ जिल्ला प्रमुखसहित ११ एसपीको काज सरुवा भएको थियो । केही एसपीबाट एसएसपी बढुवा भएको र केहीको एक बर्ष अवधि पुगेकाले ७ वटा जिल्लाका प्रमुख रिक्त भएका थिए । ७ जिल्लामा एसपी रिक्त भए पनि बालु्वाटारले टेण्डर आह्वान गरेकाले सरुवामा बिलम्ब हुन पुगेको थियो । कास्की, रौतहट, सुनसरी, बारा, कपिलवस्तु सहितका जिल्लाको अलग अलग रेट तय गरी मोलतोल गर्ने क्रममा काज सरुवा ढिलो हुन पगुेको थियो ।
प्रसंग बाराको हो । जिल्ला प्रहरी कार्यालय बाराको एसपीका लागि पनि हानथाप भयो । बालुवाटारमा रहेको ओपेरा होटलमा बाराको एसपीका लागि ५० लाखसम्मको स्टीमेट निकाली टेण्डर निकालिएको थियो । तर बारामा जान कसैले पनि ओपेराको स्टीमेट अनुसार बुझाउन तयार नभएपछि बालुवाटारले नाम दिन सकेन । अन्ततः आइजीपी धिरजप्रताप सिंहले आफ्नै सचिवालयमा कार्यरत एसपी होविन्द्र बोगटीलाई बाराको प्रहरी प्रमुखका रुपमा काजसरुवा गरेका छन् ।
बोगटीको काजसरुवा गरेता पनि उनी ८ दिनसम्म पनि बारामा कमाण्ड सम्हाल्न गएका छैनन् । डेढ महिनादेखि बारामा निमित्त प्रहरी प्रमुखको कमाण्ड डीएसपी राजेश थापाले सम्हाल्दैआएका छन् । थापा एसपी बढुवा हुने रोलक्रममा थिए । तर विगतमा उनको रेकर्ड राम्रो नभएकाले उनी बढुवामा पर्न सकेनन् ।

आफ्नो बढुवा नभएपछि उनी असन्तुष्ट हुनु स्वभाविक हो । एसपी नभएको र आफू नै निमित्त प्रमुख भएको मौकाको उपयोग गर्दै उनले एकपछि अर्को आर्थिक चलखेलका काम गरेको आरोप छ । उनले बाराका सबै चौकीका इन्चार्ज परिवर्तन गरेका छन् । दररेट अनुसार आर्थिक संकलन गरी उनले सबै चौकीका इन्चार्ज हेरफेर गरेको आरोप छ ।तत्कालीन एसपी दिलीपसिंह देउवाले डेढ महिनाअघि मात्र खटाएका चौकी इन्चार्जलाई परिवर्तन गरी उनले नयाँ इन्चार्ज पठाएका छन् । देउवाले डेढ महिनाअघि मात्र खटाएकाहरु मारमा परेका छन् । देउवालाई समेत साम दाम बुझाएर गएकाहरु डेढ महिनामै तानिनुपरेको गुनासो बाराका सत्तापक्षीय नेताहरुसँग गरिरहेका छन् । कांग्रेसको नेता भन्दै प्रहरी कार्यालयमा बिचौलियाको काम गर्ने लोकेस सिंहले नयाँ एसपी आएपछि मिलाउँला भन्दै उनीहरुलाई थुमथुम्याइरहेका छन् ।आर्थिक रुपमा विवादित डीएसपी थापाले बारामा गाँजा तस्करीको लाइन समेत संचालन गरेको आरोप छ । अबैध मदिराको कारोबार खुलारुपमा संचालन गर्न दिनेदेखि जुवा अखाडा समेत उनले चलाएको आरोप छ । घुस संकलन अभियानलाई रफ्तारमा अगाडि बढाएका उनले जिल्लामा हुने सामान्य घरायसी विवादमा अभद्र ब्यवहारको मुद्दा दर्ता गर्ने र थुनामा राखी प्रताडित गर्ने कार्य गरिरहेका छन् ।१ महिनाअघि बाराको महागढीमाई नगरपालिकाको नगरसभामा नगर प्रमुख उपेन्द्रप्रसाद यादव र वडाध्यक्षहरुबीच भएको सामान्य भनाभनलाई अभद्र ब्यवहारको मुद्दा दर्ता गरेका छन् । र, वडाध्यक्षका बिरुद्ध पक्राउ पूर्जी जारी गरेका छन् । नगरसभामा भनाभन भएको एक महिनापछि मेयरसँग घुस लिई वडाध्यक्षबिरुद्ध पक्राउ पूर्जी जारी गरेको आरोप डीएसपी थापालाई लागेको छ ।
केही महिनाअघि बारा प्रहरीका प्रमुख दिलीपसिंह देउवाले अनियमितता गरेको गुनासोपछि प्रहरी प्रधान कार्यालयबाट छानबिन टोली गएको थियो । टोली बारामा गएर स्थलगत रुपमा अध्ययन गर्दा देउवाको नाममा डीएसपी थापाले अनियमितता गरेको खुलेको थियो । थापाले एसपीको नाममा बदमासी गरेको खुलेपछि देउवामाथि कुनै कारबाही नगरी टोली फर्केको थियो ।

थापाको विवादित पृष्ठभूमि

डीएसपी राजेश थापा महानगरीय प्रहरी वृत्त जगातीको प्रमुख हुँदा भक्तपुरमा भएको मोटरसाइकल दुर्घटनापछि रकम असुलेको आरोपमा विभागीय कारबाहीमा परेका थिए । मोटरसाइकल दुर्घटनापछि रकम असुलेको आरोपमा डीएसपी थापासहित प्रहरी निरीक्षक सानु तामाङ र प्रहरी नायब निरीक्षक (सई) विक्रम सेनलाई प्रहरी प्रधान कार्यालयले विभागीय कारबाही गरेको थियो । प्रहरी निरीक्षक र सईलाई जगाती वृत्तबाट हटाएर एक वर्षसम्म बढुवा रोक्का गरिएको छ । डीएसपीलाई भने प्रहरी प्रधान कार्यलयमा रेकर्ड रहनेगरी नसियत दिएको थियो ।उक्त सवारी दुर्घटनामा डीएसपी थापाको लोभका कारण प्रहरी निरीक्षक र सईले समेत कारबाही भोग्नुपरेको थियो । इलाका प्रहरी कार्यालय लहानमा हुँदा पनि थापा राम्रो काम गर्न नसकेकै कारण अवधि पूरा हुनुअघि नै तानिएका थिए । नेपाल फेस

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d slot777 barong4d barong4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d marwah4d marwah4d slot gacor
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM