२०८३ बैशाख ३० गते, बुधबार ०१:३७

बाढी आउँदा ५९ जनाको मृत्यु, ३० बेपत्ता

एजेन्सी- इरानमा अघिल्लो सातादेखि परेको अविरल वर्षासँगै आएको बाढीमा परी ५९ जनाको ज्यान गएको छ भने अन्य ३० जना हराइरहेका छन् ।

रेड क्रिसेन्ट सोसाइटीका अनुसार ६० वटा सहर, पाँच सय १६ गाउँ, ८५ वटा सम्पर्क सडक बाढीबाट प्रभावित भएका छन्।

हालसम्म एक हजार तीनसय ३२ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको, पाँच हजार दुई सय १५ जनालाई खाना र बासको प्रबन्ध गरिएको, नौ सय ४४ जनालाई उद्धार गरिएको छ।

राष्ट्रपति इब्राहिम राइसीले मन्त्री, देशभरका संघसंगठनका प्रमुख तथा मुलुकका अन्य प्रशासकहरूलाई सम्भावित बाढीबाट जनधनको रक्षाका निम्ति उपलब्ध स्रोत-साधन परिचालन गर्न निर्देशन दिएका छन्।

प्रतिक्रिया लेख्नुहोस्

मैत्री पुल तनाव: पत्रकारको मोबाइल खोसिएको आरोपमा सशस्त्र प्रहरीको स्पष्टीकरण, रिक्सा चालक पक्राउ

-जलेश्वर सरार्फ वीरगंज/वीरगन्जस्थित नेपाल–भारत सीमाक्षेत्रको मैत्री पुलमा सोमबार साँझ उत्पन्न

मैत्री पुल तनाव: पत्रकारको मोबाइल खोसिएको आरोपमा सशस्त्र प्रहरीको स्पष्टीकरण, रिक्सा चालक पक्राउ

-जलेश्वर सरार्फ वीरगंज/वीरगन्जस्थित नेपाल–भारत सीमाक्षेत्रको मैत्री पुलमा सोमबार साँझ उत्पन्न

Live

Listen Live FM