२०८३ बैशाख १३ गते, आईतवार १८:२६

केशव स्थापितसँग निर्वाचन आयोगले दोस्रो पटक सोध्यो स्पष्टीकरण

काठमाडौँ— निर्वाचन आयोगले काठमाडौं महानगरपालिकाको मेयर पदमा एमालेका उम्मेदवार केशव स्थापितलाई फेरि स्पष्टीकरण सोधेको छ।

बिहीबार आयोगको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता शालिग्राम शर्मा पौडेलले स्थापितलाई काठमाडौंका मेयरका अर्का प्रत्याशी बालेन साहबारे गरेको टिप्पणीबारे स्पष्टीकरण सोधेको जानकारी दिए। स्थापितले पटकपटक बालेन शाहमाथि आक्षेप लगाउँदै आएका छन्। पछिल्लो समयमा उनले बालेनलाई अन्तर्राष्ट्रिय ठगको संज्ञा दिएका थिए।

यसअघि स्थापितले आफूमाथि यौन दुर्व्यवहारको प्रश्न गर्ने एक युवतीलाई ‘यु आर नाइस लेडी तर थुतुनो ठीक छैन’ भन्दै आपत्तिजनक टिप्पणी गरेका थिए।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM