२०८२ माघ ९ गते, शुक्रबार १०:४१

मंगलग्रहमा आए दुई भूकम्प, एउटा त ९४ मिनेट लामो

नासाको इनसाईट ल्यान्डर सन् २०१८ नोभेम्बरमा मंगल ग्रह अवतरण गरेको थियो । सोही ल्याण्डरमा हालसम्मकै सबैभन्दा संवेदनशिल सिस्मोमिटर जडान गरिएको छ । मंगल ग्रहमा अवतरण गरेदेखि यसले सो ग्रहमा कैयौं साना हलचल मापन गरिसक्यो। तर पछिल्ला दुई कम्पन भने विशेष रहेको इनसाईट मिसनमा आबद्ध वैज्ञानिकहरुले बताएका छन् ।
“हालै मापन गरिएको दुई कम्पन अहिलेसम्मकै ठूलो मात्रै होइन, यसको कम्पन अवधि र विस्तार पनि निक्कै ठूलो देखिएको छ,’ मंगल ग्रहमा आएको भूकम्पनीसम्बन्धि शोत्रपत्रकी प्रमुख लेखिका अन्ना होर्लेस्टनले भनिन् । होर्लेस्टन बेलायतस्थित ब्रिस्टल विश्वविद्यालयकी भूकम्पविद् हुन् ।

वैज्ञानिकहरुले पछिल्ला दुई ठूला भूकम्पलाई अलग नाम पनि दिएका छन ्। सन् २०२१ अगष्ट २५ मा आएको पहिलो भूकम्पको नाम एस०९७६उ राखिएको छ । ल्याण्डर रहेको स्थानबाट ठ्याक्कै उल्टो भागस्थित गहिरो घाँटीहरुको संजाल ‘भ्यालेज म्यारिनेरिस’लाई केन्द्र बनाएर आएको यो भूकम्पको तिव्रता ४.२ रेक्टरको थियो ।

मंगल ग्रहमा मापन भएको दोस्रो ठूलो भूकम्पलाई एस१०००ए नाम दिइएको छ र यो पहिलो भूकम्प आएको २४ दिनपछि अर्थात सेप्टेम्बर १८ मा आएको थियो । एस१०००एको तिव्रता पहिलोको भन्दा केही कम अर्थात ४.१ रेक्टर मापन गरिएको छ । यसको सटिक केन्द्र अझै पत्ता लागेको छैन । तथापि यो मंगल ग्रहको अर्को भागमै रहेको वैज्ञानिक प्रक्षेपणले देखाएको छ ।

रोचक तथ्य के भने एस१०००ए भूकम्प ९४ मिनेटसम्म आएको थियो, जुन मंगल ग्रहमा मापन भएको हालसम्मको सबैभन्दा लामो भूकम्प हो । मंगल ग्रहका पछिल्ला दुवै भूकम्प इनसाईट ल्याण्डरको सिस्मोमिटरले ‘पी’ र ‘एस’ वेभ मापन गर्न नसक्ने विपरित भागमा आएकाले तिनले उत्सर्जित गरेका दबाब मापन हुन सकेन । तरंग मंगल ग्रहको विपरित भागबाट ग्रहको नाभी(कोर) पार गरेर आउदाँ दबाब निस्तेज हुन्छ ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip marwah4d barong4d moga4d bisajp slot gacor toto slot slot gacor barong4d
kingmedan303 rajamania rajamania sritoto sritoto sritoto rajamania sritoto sritoto beb88 beb88
zeonslot m77
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM