Sunday, July 21, 2024
घरक्राइम चेकभन्सार छली ल्याईएको हार्डवेयर तथा खुद्रा मालवस्तुहरु लोड रहेको ट्रक नियन्त्रणमा

भन्सार छली ल्याईएको हार्डवेयर तथा खुद्रा मालवस्तुहरु लोड रहेको ट्रक नियन्त्रणमा

चन्द्रसूर्य समाचारदाता/
वीरगंज, ०८ चैत्र/ पर्सा प्रहरीले भन्सार छली ल्याईएको हार्डवेयर तथा खुद्रा मालवस्तुहरु लोड रहेको ट्रक नियन्त्रणमा लिएको छ ।

प्रज्ञापन पत्र विनाको हार्डवेयर तथा खुद्रा मालवस्तुहरू लोड गरी जनकपुर लादै गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटेको प्रहरी टोलीले वीरगंज स्थित घण्टाघरबाट ना.३ ख ४३५९ नम्बरको मालवाहक ट्रक रोकी जाँच गर्ने क्रममा सूचना अनुरूप नै भन्सार छली गरी ल्याइएका हार्डवेयर तथा खुद्रा मालवस्तुहरू फेला पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

बरामद गरिएको उक्त ट्रक सामान सहित ४० लाख मूल्यांकन गरि थप कार्यवाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -