Sunday, July 21, 2024
घरक्राइम चेकभन्सार छलिको ६५ पोका कपड़ा बरामद

भन्सार छलिको ६५ पोका कपड़ा बरामद

चन्द्रसूर्य समाचारदाता
वीरगंज, १६ फाल्गुण ।
भन्सार राजस्व चुहावट गरि नेपाल भित्र्याइएको आशंकामा ६५ पोका कपड़ा बरामद गरिएको छ ।

भन्सार राजस्व छलि अवैध रुपमा भारतबाट नेपाल भित्र्याई वीरगंज-२४ रामगढ़वा स्थित लक्ष्मण प्रसाद कुर्मीको २ तल्ले घरको भुइँ तल्लामा रहेको ३,४ र ५ नम्बरको ३ वटा सटर कोठामा जिल्ला पर्सा वीरगंज-२० बस्ने अनुप शर्माले भाड़ामा लिई लुकाई राखेको अवस्थामा आइतवार सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हे.क्वा. पर्साका सशस्त्र प्रहरी नायब उपरीक्षक सन्तोष कुमार बस्नेत, बिओपी वीरगंज भन्सारका सशस्त्र प्रहरी निरीक्षक सुबर्ण बम सहित २४ जनाको सशस्त्र प्रहरी टोली र वीरगंज भन्सार कार्यालयका भन्सार अधिकृत तेज बहादुर रावल सहित तीन जनाको संयुक्त टोलीले उक्त खान तलासी गर्दा ६५ पोका कपड़ा बरामद गरेको सूचना अधिकृत डीएसपी सन्तोष बस्नेतले चन्द्रसूर्यलाई बताउनु भयो ।

बरामद गरिएका ती कपड़ा आवश्यक कार्यवाहीका लागि वीरगंज भन्सार चलान गरिएको जनाइएको छ ।

बरामद गरिएका उक्त समान प्रहरी चौकी सिर्सिया ड्राईपोर्टका प्रमुख प्रहरी नायब निरीक्षक अजय यादवको क्षेत्रबाट राजस्व छलि गरि भित्र्याईएको बताइन्छ ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -