Tuesday, November 5, 2024
घरसमाचारअर्थवाणीसशस्त्रद्वारा १८ लाख मूल्य बराबरको भन्सार छलिका सामान बरामद

सशस्त्रद्वारा १८ लाख मूल्य बराबरको भन्सार छलिका सामान बरामद

चन्द्रसूर्य समाचारदाता/
वीरगंज, ०९ फाल्गुण/ सशस्त्र प्रहरी बल नेपालले पर्साको छुट्टाछुट्टै स्थानबाट भन्सार छलिका १८ लाख २६ हजार आठ सय ८० रुपियाँ बराबरको अवैध समान बरामद गरेको छ ।

भन्सार राजश्व छलि अवैध रुपमा भारतबाट नेपाल भित्र्याई वीरगंज-२० हरपतगंज अपौनी स्थित गोदाम घरमा लुकाई छिपाई राखेको विशेष सूचनाको आधारमा आइतवार राती ८ बजेको समयमा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट वीरगंजका हरिसिंह विष्टको टोलीले गोदाम घरमामा छापामारी गरेर २४ वटा पोकामा रहेको १६ लाख २३ हजार आठ सय ७० रुपियाँ मूल्य बराबरको भलभेट कपड़ा, सुत्ति साड़ी, नेट साड़ी र सर्टिङलगायतका कपड़ाहरू बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नं. गण १३ हे.क्वा पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक सन्तोष बस्नेतले जानकारी दिनु भयो ।

त्यसैगरी आइतवार राती ९:३० बजेको समयमा भन्सार छलि गरि भित्र्याईएका एक लाख ४० हजार पाँच सय ३० रुपियाँ मूल्य बराबरका टेन्टको कपड़ा, किराना सामान तथा विभिन्न औषधिहरू छाड़ि मान्छे भागेको अवस्थामा वीरगंज-२स्थित डम्पिङ साइट क्षेत्रबाट सशस्त्र प्रहरीले बरामद गरेको थियो ।

सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट सिर्सियाबाट खटिएको सशस्त्र प्रहरी निरीक्षक अगम बहादुर राईको टोलीले भन्सार छलि गरि भित्रयाईएका ती समानहरू बरामद गरेको सशस्त्र प्रहरी नायब उपरीक्षक बस्नेतले बताए ।

त्यस्तै सोमबार ६२ हजार रुपियाँ बराबरको इलेक्ट्रिक सामान तथा मोटर पार्ट्स पनि सशस्त्र प्रहरीले बरामद गरेको डीएसपी बस्नेतले बताउनु भयो । बिओपी अलौंबाट खटेको टोलीले भन्सार छलि गरि ल्याईएका ती सामान बरामद गरेको थियो ।

बरामद गरिएका सम्पूर्ण सामान सोमबार नै आवश्यक कार्यवाहीकालागि वीरगंज भन्सार कार्यालयमा बुझाईएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -