Tuesday, October 15, 2024
घरक्राइम चेकमेल मिलाप भइसकेको मुद्दा उठाएर बदनाम गर्न खोजियो

मेल मिलाप भइसकेको मुद्दा उठाएर बदनाम गर्न खोजियो

रौशन कुमार चौधरी/
रौतहट/जिल्लाको कटहरिया नगरपालिका वडा नम्बर ९ डुमरीया निवासी प्रेमलाल साहले विपक्षीले कथित विकास प्रेमी नेताको आडमा आफूलाई बेईज्जत गर्नका लागि मात्रै विभिन्न षड्यन्त्र गरिरहेको र आफूमाथि लागि परेको विपक्षीलाई कानुनको काठघरामा जसरी पनि ल्याएर नै छोड्ने चेतावनी दिएका छन् ।

२०७७ पुष २८ गते बेलुका ८:२० काे समयमा, बारा जिल्लाकाे माहागढीमाई नगरपालिका वडा नं २ कलैया-बरियारपुर सडक खण्ड अन्तर्गत भुतहि पुल नजिक उँखु लोड गरेिएको ना. २ त. १२५३ नम्बरको ट्रेकटर चलाउने क्रममा अनियन्त्रित भएर सवारी दुर्घटना हुँदा जिल्ला रौतहट कटहरिया नगरपालिका वडा नम्बर ९ निवासी जियालाल हजराको जेठो छोरा २५ वर्षिय सुकदेव हजरा निधन भएको थियो ।

घटना पश्चात हजराको परिवार न्यायका लागि आदालतमा समेत पुगेको थियो । र ट्रेकटर धनि प्रेमलाल साहले ट्रेकटर मेरै नाउँमा रहेको कारणले गर्दा आफू जिल्ला अदालतमा उपस्थित भएर मृतक हजराको परिवारलाई जिल्ला प्रशासन कार्यालय कलैया बाराका प्रमुख जिल्ला अधिकारी (सिडियो)को रोहबरमा नगद ५ लाख र किरिया खर्चको गर्नको लागि एक लाख २५ हजार गरि जम्मा ६ लाख २५ हजार नगद दिएर आफुले उक्त मुद्दालाई मिलापत्र गरिसकेपनि केही कथित विकास प्रेमिकाे आडमा बस्ने केहि व्यक्तिले राजनीतिक चलखेल गर्दै हाल करिब एक वर्ष पहिले नै मिलापत्र भइसकेको मुद्दालाई उचालेर आफुलाई बेइज्जत गर्न खोजिरहेको ट्रेक्टर मालिक साहले बताएका छन्।

त्यसैगरी तत्कालीन वडा अध्यक्ष नन्दलाल पासवानले पनि ट्रयाक्टर चलाउने क्रममा दुर्घटना भइ मृत्यु भएका हजराको परिवारले आफुसामु र जिल्ला प्रशासन कार्यलाय बाराको सिडियो साहबको आदेश अनुसार प्रशासनको सामु नै सकार बमोजिमको सबै क्षतिपूर्ती र नगद ६ लाख २५ हजार समेत पाइसकेको बताए ।
त्यस्तै मृतककी श्रीमती गिता देवी पासवानले मैले आवश्यक सबै क्षतिपूर्ति पाइसकेको बताइन । मेरो श्रीमानको मृत्यु, साहुजीको गाडी चलाउने क्रममा दुर्घटना भएर भएको थियो त्यो एउटा हादसा थियो त्यसमा साहुजीको कुनै गलती न रहेपनि साहुजीले मलाई राहत स्वारुप नगद ६ लाख १० हजार दिनुभयो । र आफुले त्यो मुद्दा मिलापत्र गरिसकेको बताइन्।

उनका अनुसार उनकी सासुले अरुको बहकावामा परेर उक्त मुद्दाको बारेमा फेरि पनि बोलिरहेको बताउदै आफुले त्यो पैसालाई दुरुपयोग गर्न न चाहेकोलेे सासुले त्यही पैसाको निहुमा मसंग लड्न खोज्छिन, मलाई सधै यातना दिदैरहन्छिन, यति मात्र न भइ मलाई अरुको नाम जोडेर बेइज्जत समेत गराउन खोजिरहेकी, तर आफुले त्यो पैसाले आफ्नो बाबू नानीहरूको भविष्य बनाउन चाहिरहेकोले आफुले सासुको यातनाको कारणले अहिले माइतीमा बस्दैछु, म ससुरालीमै बस्न चाहन्छु भन्दै गुहार गरिन ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -