Thursday, July 18, 2024
घरक्राइम चेकदुई लाख ९४ हजार नक्कली नोटसहित चारजना पक्राउ

दुई लाख ९४ हजार नक्कली नोटसहित चारजना पक्राउ

क्राइमचेक प्रतिनिधि/
काठमाण्डौ, ४ फाल्गुण/

प्रहरीले दुई लाख ९४ हजार नक्कली नेपाली नोटसहित चार जनालाई पक्राउ गरेको छ ।

बुधबार राजधानी काठमाण्डौ-१६ नयाँ बजार मेडिकल चोक एरियाबाट जिल्ला रौतहट गौर न.पा.१२ घर भई हाल काठमाण्डौ नयाँ बजार बस्ने बिन्देश्वर प्रसादको छोरा बर्ष २८ को पृथ्वी प्रसाद साह, जिल्ला रौतहट राजपुर न.पा.३ घर भई हाल काठमाण्डौ नयाँ बजार बस्ने अकबर अलीको छोरा बर्ष २७ को मोहम्मद मुसरफ अली, जिल्ला रौतहट राजपुर न.पा.६ घर भई हाल काठमाण्डौ नयाँ बजार बस्ने शेख अलीका छोरा बर्ष ३० को असरफ अली सहिद र जिल्ला रौतहट गौर न.पा.९ घर भई हाल काठमाण्डौ नयाँ बजार बस्ने शेख नशरुलका छोरा बर्ष २८ को महमद शम्साद आलमलाई उक्त परिमाणको नोटसहित नियन्त्रणमा लिइएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

केहि व्यक्तिहरुले नेपाली नक्कली नोटको अवैध कारोबार गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा अपराध महाशाखा महाशाखाबाट बुधबार दिउँसो खटि गएको बिषेश प्रहरी टोलीले उक्त स्थानबाट हजार दरको दुई सय ९४ थान (नोट दुई लाख चौरानब्बे हजार) नक्कली नेपाली नोट सहित चारै जनालाई पक्राउ गरी आवश्यक अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

बरामद गरिएका नक्कली नेपाली नोटहरू

बरामद भएको सामानको विवरण
झ/७३ – ६३६७०३ नम्बरको नक्कली नेपाली नोट थान ५५
झ/८३ – ६१३६७५ नम्बरको नक्कली नेपाली नोट थान ५४
झ/७३ – ६३६७०२ नम्बरको नक्कली नेपाली नोट थान ४९
झ/३६ – ५३०६६० नम्बरको नक्कली नेपाली नोट थान ४३
झ/१६ – ७६१४४४ नम्बरको नक्कली नेपाली नोट थान ४३
झ/७६ – ५५२४५१ नम्बरको नक्कली नेपाली नोट थान ४३
झ/६४ – ५५३६२२ नम्बरको नक्कली नेपाली नोट थान ४
झ/६४ – ५५३६८८ नम्बरको नक्कली नेपाली नोट थान १
छ/६४ – ५५३६८७ नम्बरको नक्कली नेपाली नोट थान १
छ/६४ – ५५३६९२ नम्बरको नक्कली नेपाली नोट थान १

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -