२०८२ माघ ११ गते, आईतवार १७:२२

एकता दिवसमा पनि मिलेनन् राष्ट्रवादीहरू ! छुट्टाछुट्टै मनाए पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस (भिडियोसहित)

वीरगंज, २७ पौष /अनेकौं प्रयासका बावजुद पनि राष्ट्रवादीहरू एकजुट हुन नसकी छुट्टाछुट्टै रुपले विभिन्न समुह र जत्थामा विभाजित भई राष्ट्रिय एकता दिवस मनाएका छन् ।

गणतन्त्र स्थापना पछि सरकारले राष्ट्र निर्माता बडामहाराजाधिराज पृथ्वी नारायण शाहको योगदान र राष्ट्रिय एकता दिवसको महत्वलाई बेवास्ता गर्दै पृथ्वी जयन्तीमा राष्ट्रिय विदा दिने काम बन्द गरेपनि देशभरका विभिन्न राष्ट्रवादी संघसंस्थाले विभिन्न समुहमा भेला भई पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवस मनाउने क्रममा पर्सा जिल्लाका राष्ट्रवादी संघसंगठनहरु पनि छुट्टाछुट्टै रुपमा मनाए ।

सोही अन्तर्गत नेपाल राष्ट्रवाद संघ केन्द्रिय कार्यालयले पनि मंगलवार परेको ३००औं पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवस मनाएको छ ।

संघका केन्द्रिय अध्यक्ष जनकलाल साहको नेतृत्वमा जिल्ला कार्यसमिति समेतको समूहले वीरगंजको घण्टाघरमा भेला भइ राष्ट्रनिर्माता पृथ्वी नारायण शाहको पूर्ण कदको तस्वीरमा पुष्प माला अर्पण गरि श्रद्धाञ्जलि अर्पण गरेका थिए ।

श्रद्धांजलि अर्पण पछि नेपाल राष्ट्रवाद संघसँग आवद्ध व्यक्तिहरू विभिन्न बाजा गाजा सहित “पृथ्वी नारायण शाह अमर रहुन्, राष्ट्रि एकता जिन्दावाद, राजासितको सझौता कायम गर, सनातन हिन्दू राज्य कायम गर, अखण्ड नेपाल कायम गर, हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ, छोटे राजा मुर्दाबाद लगायतका अनेकौं गगनभेदी नारा लगाउँदै घण्टाघर, माइस्थान, महावीर स्थान, आदर्शनगर, अलखिया चोक, कैलाश चोक, घडिअर्वा हुँदै नगर परिक्रमा गरेका थिए ।

भिडियो हेरौं

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip marwah4d barong4d moga4d bisajp slot gacor toto slot slot gacor barong4d
kingmedan303 rajamania rajamania sritoto sritoto sritoto rajamania sritoto sritoto beb88 beb88 beb88 djarum4d djarum4d beb88
zeonslot m77
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM