Sunday, September 8, 2024
घरक्राइम चेकरौतहटमा एक महिनामै १५ हजार एक सय ६२ मतदाता थपिए

रौतहटमा एक महिनामै १५ हजार एक सय ६२ मतदाता थपिए

चन्द्रसूर्य प्रतिनिधि/
रौतहट ।

निर्वाचन आयोग, नेपालले निर्धारित समयमै तिनै तहको चुनाव गराउन आयोग तयार रहेको जनाएपछि रौतहट जिल्लामा मतदाता सूचिमा आफ्नो नाम दर्ता गराउनेहरूको भीड लाग्न थालेको छ ।

सोही क्रममा गएको एक महिना मात्र अर्थात मंसिर महिनामा मात्र रौतहटमा १५ हजार एक सय ६२ जनाले फोटोसहितको मतदाता नामावलीमा आफ्नो नाम समावेश गराएका छन् ।

जिल्ला निर्वाचन कार्यालय, रौतहटका जिल्ला निर्वाचन अधिकारी छोटेलाल दासले दिनु भएको जानकारी अनुसार जिल्लामा जारी “स्थानीय तहमा मतदाता नामावली संकलन विशेष कार्यक्रम २०७८” अन्तर्गतको पहिलो चरणमा गुजरा, वृन्दावन, गढीमाई, फतुवा विजयपुर, मौलापुर, बौधीमाई, कटहरीया र देवाही गोनाही नगरपालिकामा भएको मतदाता नामावली संकलन कार्यक्रममा चार हजार आठ सय ७० जना पुरुष र पाँच हजार ३८ जना महिला गरि नौ हजार नौ सय आठ जनाले मतदाता नामावलीमा नाम समावेश गराएका छन् भने निरन्तर दर्ता तर्फ जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय गरुडा र इलाका प्रशासन कार्यालय चन्द्रपुरमा गरी तीन हजार ५६ जना पुरुष र दुई हजार एक सय ९८ जना महिला गरि पाँच हजार दुई सय चौबीस जनाले मतदाता नामावलीमा नाम समावेश गराएका हुन् ।

“स्थानीय तहमा मतदाता नामावली संकलन विशेष कार्यक्रम २०७८” अन्तर्गत पहिलो चरणमा आठ वटा नगरपालिकामा सम्पन्न भएको र दोश्रो चरणमा बाँकी स्थानीय तहमा कार्यक्रम शुरु भएको र ती स्थानीय तहहरूमा पनि मतदाता नामावलीमा नाम दर्ता गराउन छुटेकाहरूले गएर दर्ता गराउन सक्ने जिल्ला निर्वाचन अधिकारी छोटेलाल दासले चन्द्रसूर्य वाणीलाई बताउनु भयो ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -