Sunday, July 21, 2024
घरक्राइम चेकअन्तर विद्यालय हस्त लेखन तथा चित्रकला प्रतियोगिता सम्पन्न

अन्तर विद्यालय हस्त लेखन तथा चित्रकला प्रतियोगिता सम्पन्न

वीरगंज ७ पौष । वीरगंजमा अन्तरविद्यालय हस्त लेखन तथा चित्रकला प्रतियोगिता सम्पन्न भएको छ ।

पिस जोन माविमा नेशनल प्यावसन, पर्साका अध्यक्ष श्री राम श्रेष्ठको सभापतित्वमा भएको सो प्रतियोगितामा आर्ट तर्फ तीन समुहमा कक्षा अनुसार ग्रुप A, B र C र हस्तलेखन तर्फ A र B गरी दुई समुह बनाईएको थियो ।

आर्ट तर्फबाट आइडल एकेडेमीका रेयाज आलम र इमरान आलम एवं एञ्जल इन्टरनेशनल एकेडेमीकी आँचल मिश्रा प्रथम भएका थिए भने वीरगंज गोल्डेन गेट एकेडेमीका अमरुल्लाह देवान, कोसमस एकेडेमीकी गुल्सन खातुन एवं एञ्जल इन्टरनेशनल स्कूलका आर्यन श्रेष्ठले दोस्रो स्थान प्राप्त गरेका थिए भने  विद्यासदन माविका यसद मंसुरी, दिब्या प्रकाश एकेडेमीकी प्रिया महतो र मदरलैण्ड माविकी प्रिति गुप्ताले तेश्रो स्थान प्राप्त गरेका थिए ।

त्यसैगरी हस्त लेखन तर्फ आइडल एकेडेमीका अक्रम अंसारी र ग्रिनलैण्ड माविका रोशन साह प्रथम भएका थिए भने नृसिंह स्कूलकी एन्जल ठाकुर र ग्रिनलैण्ड माविका आशुतोष गुप्ताले दोश्रो स्थान प्राप्त गरेका थिए । त्यस्तै प्रतियोगितामा आइडल एकेडेमीका अंशु कुमार पटेलले र कादम्बरी एकेडेमीकी रक्षा दासले तेश्रो स्थान प्राप्त गर्न सफल भएका थिए ।

क्रिएटिभ इकुपमेन्ट वर्ल्डका प्रमुख सरोज कुमार राइको प्रमूख आतिथ्यमा भएको र्कायक्रममा नेशनल प्यावसन प्रदेश नं. २ का सचिव नन्दन यादवले स्वागत मन्तव्य राख्नु भएको थियो । कार्यक्रम संयोजक लाल वहादुर गुरुङले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

कार्यक्रममा नेशनल प्यावसन पर्साका पूर्व अध्यक्ष राम सुन्दर चौधरी, एन.प्यावसनका पूर्व केन्द्रिय सदस्य इन्द्र देव शाह लगायतले शुभ–कामना मन्तव्य राखेका थिए । कार्यक्रममा सहजीकरण जिल्ला सचिव प्रमोद रायमाझीले गरेका थिए ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -