२०८२ मंसिर २० गते, शनिबार ००:०७

काँग्रेसलाई मेरो ३० वर्षे राजनीतिक अनुभवको लाभ दिलाउन मेरो उम्मेदवारी : दीपेन्द्र चौहान, ने.काँ.वीरगंज नगर अध्यक्ष प्रत्यासी

नेपाली काँग्रेसको १४ औं महाधिवेशन अघि हुने वडा, गाउँ, नगर र जिल्ला अधिवेशन सम्पन्न गर्न काँग्रेसीहरू उत्साहपूर्वक लागेका छन् । देशका विभिन्न वड़ा, गाउँ, नगर र जिल्लामा अधिवेशन सम्पन्न भई परिणाम पनि आइसकेको छ ।
यसै क्रममा प्रदेश २ को एकमात्र महानगरपालिकाको अधिवेशन यही कार्तिक ३० गते सम्पन्न हुँदैछ ।

सो अधिवेशन अन्तर्गत विभिन्न पद लगायत महानगर अध्यक्ष पदको आकांक्षीहरू मतदाता रिझाउन भेटघाट, घरदैलो लगायतमा व्यस्त छन् । वीरगंज महानगरको अध्यक्ष पदको लागि यस्तै एक चिर परिचित अनुहार हो दीपेन्द्र चौहान । झन्डै तीन दशक देखि पत्रकारिता पेशामा सक्रिय रुपमा लागेका चौहान नेपाल पत्रकार महासंघको पर्सा जिल्ला अध्यक्ष, केन्द्रिय पार्षद, प्रदेश २ को प्रथम अध्यक्षमा सफल कार्यकाल पूरा गरिसकेपछि यतिखेर नेपाल पत्रकार महासंघको निर्वाचित केन्द्रिय कार्यसमिति सचिवको जिम्मेवारीमा छन् ।

पत्रकारिता पेशाको माध्यमबाट पत्रकारहरूको नेताको रुपमा विभिन्न पदबाट समाज र राष्ट्रमा देखिएका समस्याहरू र तिनको समाधान गर्ने तरीकाहरू बारे एकदम नजिकबाट अध्ययन, अनुभव र अगुवाई गर्दै आउनु भएका चौहान यतिखेर नेपाली काँग्रेसको आसन्न १४ औं महाधिवेशन अन्तर्गत वीरगंज महानगरको अधिवेशनमा अध्यक्ष पदको लागि उम्मेदवारी दिने घोषणा गर्नु भएको छ । उनै दीपेन्द्र चौहानसँग चन्द्रसूर्य वाणी दैनिकको लागि सन्तोष मिश्रले गर्नु भएको कुराकानीको संक्षिप्त रूप । 

नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत वीरगंज महानगरको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नु भएको छ, किन ? अर्थात तपाईंको उम्मेदवारी किन ?

– नेपाली काँग्रेसको नगर कार्य समिति मात्रै नभनौं, जिल्ला कार्य समितिले पनि विगत पाँच वर्ष देखि कुनै किसिमको फंक्शन गर्न सकेको छैन । जसको परिणाम स्वरूप पार्टीले लज्जास्पद हार बेहोर्नु पर्यो । चार वटै संसदीय निर्वाचन क्षेत्र गुमायौं, वीरगंज महानगरपालिका पदको मेयर गुमायौं, आठ वटा विधायक मध्ये जम्मा २ वटामा मात्र जित्न सफल भयौं, १४ वटा स्थानीय तह मध्ये जम्मा २-३ वटामा मात्र जित्न सफल भयौं । बाँकी सबै अन्य पार्टीले लिएर गयो । जबकि पर्सा जिल्लालाई नेपाली काँग्रेसको गढ़ मानिन्थ्यो । तर विभिन्न गुट उपगुटको कारणले पार्टी कमजोर हुँदै गयो । म यो पदमा उठ्नुको अर्को कारण के पनि छ भने नेपाल प्रेस युनियन सँग आवद्ध ७७ वटै जिल्लामा पत्रकारहरु आ-आफ्नो योग्यता अनुसार चुनाव लडिरहनु भएको छ । अब पार्टीमा खुलेर सेवा गरौँ, पार्टीको यो दयनीय अवस्थाबाट पर्टीलाई कसरी मुक्त गर्न सकिन्छ भन्ने अभिप्रायले गर्दाखेरी नै मेरो उम्मेदवारी आएको हो ।

विभिन्न एजेण्डा देखाएर नेपाल पत्रकार महासंघको केन्द्रिय सचिवमा निर्वाचित भएपछि त्यो पूरा नहुँदै पार्टीको सक्रिय राजनीतिमा होमिनुको कारण के होला ?

– यो प्रश्न पनि तपाईंको बिल्कुल सही छ । तर तपाईंलाई याद होला, की नेपाल पत्रकार महासंघको निर्वाचनमा हामीले व्यक्तिगत रुपमा आफ्नो उम्मेदवारी दिएका थिएनौं, त्यहाँ पनि संस्थागत किसिमको उम्मेदवारी थियो, नेपाल प्रेस युनियनले मलाई सचिवको उम्मेदवार बनाएको थियो, त्यहि अनुसार चैं आएँ, मेरो व्यक्तिगत सिंगल एजेण्डा थिएन । विचारहरू व्यक्तिगत हुन सक्छन् । ती विचारहरुमा म अझै पनि कायम नै छु । तर तपाईंहरूले सोंचे अनुरूपका काम हुन सकेका छैनन् । बीचमा कोभीड़का कारणले धेरै ढिलो गरेर बैठक बस्यो । तर ढिलो बैठक बसेपनि काममा कुनै कमी आएको छैन । नेपाल पत्रकार महासंघको केन्द्रिय कार्य समितिको निर्वाचित केन्द्रिय सचिव भए पनि म वीरगंजमा बस्छु तथापि कठमान्डौमा साथिरूले खोजेको बेला, सम्झेको बेलामा म जुनसुकै बेला त्यहाँ उपस्थित हुने जमर्कोमा रहन्छु र हुँदै आएको पनि छु । तर मेरो काम कार्रवाहीले संघठनलाई खासै फरक पार्दैन । ४ महीना-तीन महिनामा एकचोटी बस्ने बैठक हो । र गर्नु पर्ने पेशागत अन्य कामहरू अन्तर्गत त्यो हुने नै गर्छ । पत्रकार महासंघको एजेण्डा संस्थागत र सामूहिक एजेण्डा हो त्यो अन्तर्गत हामी काम गर्छौ । तीन वर्षे कार्य योजना सेंट्रल कमिटीले ल्याई सकेका छौं । त्यसकारणले त्यो क़ुरा होइन, र मैले अघि पनि भनें महासंघको एजेंडा संस्थागत एजेण्डा हो । त्यसकारणले राजिनितमा होमिने निर्णय गरेको हुँ । ३० वर्ष पत्रकारिता गरियो, अब कति पत्रकारिता मात्र गरीरहने, अब राजनीति गर्ने बेला भयो भनेर साथीहरूले भनेको कारणले राजनीतिमा होमिएको हुँ ।

राजीनीति र पत्रकारिता दुबै सँगसँगै गर्न सक्नु हुन्छ त ?

– निश्चित रुपमा तपाईंले गहकिलो प्रश्न गर्नु भयो, तर जहाँसम्म राजनीति र पत्रकारिता दुबै समाजसेवाको माध्यम भएको कारणले गर्दाखेरि दुबैलाई संगसँगै लान पनि सकिन्छ, नलाने क़ुरा के छ र यसमा ? थुप्रै पत्रकार साथीहरु राजनीतिमा आउनु भयो । हाम्रो किसुन जी पत्रकार नै हुनुहुन्थ्यो । होमनाथ दाई पनि पत्रकारिता बैकग्राउंडबाट नै आउनु भएको हो । त्यसकारण लान सकिन्छ तर म सकभर बढ़ी भन्दा बढ़ी समय राजनीतिमा दिने प्रयास गर्नेछु । किनभने अब युवा पत्रकारहरूको हातमा नेपालको पत्रकारिता बढ़ी सुरक्षित रहेको मैले महसुश गरेको छु ।

वीरगंजमा अन्य सक्षम र योग्य उम्मेदवार नभएरै तपाईंले महानगर अध्यक्षको जिम्मेवारी लिन अघि सर्नु भएको हो ?

– होइन, वीरगंजमा सक्षम उम्मेदवारहरू हुनुहुन्छ । म आफूलाई सक्षम अरुलाई असक्षम भन्न सक्दिन । तथापि देखिएका अनुहारमध्येबाट साथीभाइहरूले तपाईंले नेतृत्व लिंदा राम्रो हुन्थ्यो भन्ने किसिमको आवाजहरू आइरहेकाले साथीहरुले मलाई निर्वाचित गर्नु होला भन्ने मैले विश्वास लिएको छु । बाँकी सक्षमताको हिसाबले सबै जना एक से एक सक्षम हुनुहुन्छ, त्यसमा मेरो कुनै आपत्ति छैन ।

वीरगंजका काँग्रेसीहरू विभिन्न गुट-उपगुटमा विभाजित छन्, झण्डै आधा दर्जन अध्यक्ष पदका आकांक्षी छन् र तिनिहरू अध्यक्षमा जित्न विभिन्न जलझेल देखि भोज भतेर गर्दै पैसाको खोलो बगाईरहेका छन्, यस्तोमा तपाईं कसरी चुनाव जित्नु हुन्छ ?

– हेर्नुस, निश्चित रुपमा तपाईंको यो प्रश्न पनि अति नै गम्भीर छ । तर गुटको जुन समस्या छ, पार्टीलाई गतिशील बनाउन गुटको पनि आवश्यकता छ । तर लागियहाँ पार्टीलाई गतिशील बनाउन भन्दा पनि व्यक्तिगत स्वार्थसिद्धिको गुट बनाउने गरिएको मैले पाएको छु । त्यसकारण गुटरहित काँग्रेस कसरी बनाउने भन्नेतर्फ मेरो सोंचाई रहन्छ । म आम काँग्रेसी कार्यकर्ता साथीहरूको भावनालाई बुझेको छु । विगत दुई दशक भन्दा बढिदेखि म पार्टीको आन्तरिक जीवनमा मत हालेर सभापति लगायत अन्य पदहरुमा चयन गर्दै आएको छु ।

जहाँसम्म आर्थिक चलखेलका क़ुराहरू छन्, त्यो सब कुरामा अब कार्यकर्ताहरू फस्दैनन् । र म चाहीं पार्टीको जून आन्तरिक जीवनमा रहेका जस्तै महिला संघ, प्राध्यापक संघ, वकिलहरूको डीएलए, विद्यार्थी यूनियन, तरुण दलका साथीहरु, यी सबैको सल्लाह सुझाव र भावनाहरूलाई समेटेर अगाड़ी बढिरहेको कारणले गर्दाखेरी मलाई लाग्छ की र जिम्मेवार नेताहरुको पनि चाहाना के देखिन्छ भनें जानेबुझेका व्यक्तिहरु संगठनको नेतृत्वमा बसिदिने हो भनें राम्रो हुन्छ भन्ने महसुश वहाँहरुले पनि गर्नु भएको छ । त्यसकारण साथीहरुले मलाई निर्वाचित गर्नु हुनेछ भन्नेमा म विश्वस्त छु ।

अध्यक्षमा निर्वाचित भएपछि काँग्रेस पार्टीको स्तरोन्नति लगायत तपाईंले प्रथमिकतामा राखेका कामहरू के के हुन ?

– बड़ो दुःखका साथ भन्नु पर्दा हेर्नुस, नेपाली काँग्रेस जस्तो मुलुकको मियो र सबभन्दा पुरानो पार्टी नेपाली काँग्रेसको नगर कार्यसमितिको कार्यालय छैन, कहीं कुने बैंकमा खाता छैन, गएको ५ वर्षमा कुनै बैठक बसेको छैन । तसर्थ सर्वप्रथम नेपाली काँग्रेसको यो ३२ सै वटा वडाहरूलाई चालयमान गराउनका निम्ति मसँग केहि भिजन र केहि दृष्टिकोणहरू छन् । ती दृष्टिकोण अन्तर्गत टीमलाई लिएर सर्वप्रथम कार्यालय खोल्ने, संचालन गर्ने, खाता संचालन गर्ने, साथीहरुको लगत राख्ने, नगरभित्र परेका साथिहरुको समस्या समाधानका निम्ति एउटा स्पेशल टीम खड़ा गरेर दिनरात उहाँहरूको सहयोगमा परिचालन गर्ने रणनीति अख्तियार गरेको छु । यद्यपि त्यो म जितिसकेपछि लागु हुने कुराहरु छन् । अब के के मनमा छ, भन्ने क़ुरा अहिले नै व्यक्त गर्न सकिंदैन । तथापि केहि जुन प्रारम्भिक योजनाहरू छन् त्यसको मैले चर्चा गरें ।

अन्त्यमा यस चन्द्रसूर्य वाणी दैनिक मार्फ़त महानगरका काँग्रेससँग आस्थावानहरूलाई केहि सन्देश दिन चाहनु हुन्छ कि ?

– सर्वप्रथम म गएको विजया दशमी, शुभ दीपावली, नेपाल संवत र आउँदो छठ पर्वको शुभकामना दिन चाहन्छु । दबाब र प्रभावमा नपरिकन निर्वाचन प्रक्रियामा प्रजातान्त्रिक प्रणाली मार्फ़त व्यक्त गरिने विचार अन्तर्गत कसैको दबाव र प्रभावमा नपरि आ-आफ्नो सोच र विचारले योग्य र सक्षम उम्मेदवार चयन गर्न आम काँग्रेसी कार्यकर्ता साथीहरुमा अनुरोध गर्न चाहन्छु । धन्यवाद ! जय नेपाल !

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ slot gacor togel online barong4d moga4d marwah4d barong4d
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM