वृक्षरोपण गर्दै नायिका रेखा थापाले मनाइन् जन्मदिन

0
128

चन्द्रसूर्य समाचारदाता/
काठमाण्डौ, ०५ भदौ ।

नेपाली चलचित्र जगतमा ख्याती कमाएकी नायिका रेखा थापाले वृक्षरोपण गर्दै आफ्नो जन्मदिन मनाउनु भएको छ ।

“प्रकृति संरक्षण, स्वच्छ वातावरण र सभ्य संस्कार सहितकाे असल मानव बन्न प्राेत्साहन मानव सभ्यता संरक्षणका लागि जन्मदिन वृक्षरोपण अभियान”मा ऐक्यवद्धता जनाउनुहुँदै नायिका थापाले जन्मदिनको अवसरमा वृक्षरोपण गर्नु भएको हो ।

अभियानलाई नेपाली माैलिक संस्कृति र संस्कारको रुपमा स्थापित गर्न सके यसले अन्तर्राष्ट्रिय जगतमा नयाँ, सकारात्मक र महत्त्वपूर्ण सन्देश दिने  नायिका थापाले बताउनु भयो ।

प्रकृतिको जथाभावी दाेहन, वातावरण प्रदुषण र मानिसमा पैदा हुने नकारात्मक साेच विचार आजकाे मुख्य समस्या हाे । यसकाे समाधानका लागि अभियानले लिएको नीति र विचार समय सान्दर्भिक छ । पवित्र महत्त्वपूर्ण र सन्देशमूलक जन्मदिन वृक्षरोपण अभियान सम्पूर्ण मानव जातिको साझा अभियान भएको हुनाले सबैकाे साथ सहयोग प्राप्ति हुने उहाँले बताउनुभयो ।

लमजुङको बेसीशहरबाट २०७५ मंसिर २९ गतेबाट सुरुवात भएको अभियान आज स्वदेश तथा विदेशमा समेत संचालन भईरहेकाे छ ।

Share and Enjoy !

0Shares
0 0 0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here