Tuesday, October 15, 2024
घरविचारअमेरिकाले कसरी बेकुफ बनाएर नेपाललाई लुट्दै छ ?

अमेरिकाले कसरी बेकुफ बनाएर नेपाललाई लुट्दै छ ?

स्वर्ण बिक्रम शाह
काठमाण्डु ।
बिश्वमा नम्बर १ मा को बस्ने होडबाजीमा अहिले धेरै मुलुहरु लागि रहेका छन भने यस दौडमा सबै भन्दा अगाडि अमेरिका र चिन रहेको छ । यी दुई देशको अगाडि बड्ने तरिका भने ठ्याक्कै उल्टो छ । सबै भन्दा माथि बस्नको लागि दुई तरिका हुन्छ, एक आफू मेहेनत गरेर अगाडि बड्ने र अर्को आफू संगको प्रतिसप्रधिलाई मुनि धकेलेर आफू माथि हुने । यहि फर्मुला अनुरुप चिन आफ्नो मिहेनतको आडमा नम्बर १ मा बस्न चाहान्छ भने अमेरिका भने पहिले देखि कै शुत्रमा लागेको छ अर्थात आफू संग प्रतिस्पर्धा गर्ने देशलाई तल धकेलेरे आफू माथि एक्लै बस्ने । यहि शुत्र अमेरिकाले पहिले युरोपमा ब्रिटिषलाई र पछि रुस माथि लगाएको थियो र अहिले चिनलाई पनि त्यहि शुत्र लगाउन लागि परेको छ । तर चिनलाई तल झार्न भने अमेरिकीहरूलाई फलामको चिउरा चपाउने जस्तो गार्‍हो भई रहेको छ । चिनलाई तल झार्न अमेरिकाले आज भन्दा ३५ बर्ष अगाडि देखि यस काममा लागेको छ र जसको एऊटा भाग नेपालमा एम सि सि लागू गर्ने पनि हो ।
अमेरिकाको कार्य तरिका बुझ्ने हो भने हामी अमेरिकी ईतिहासमा जानू पर्ने हुन्छ । आफू माथि आउन अमेरिकीहरूले धेरै देशलाई सखाप पारेका छन जस्तै ईरान र इराक । उक्त समयको धनी र शक्तिशाली राष्ट्रमा गनिने यी दुई देशलाई अमेरिकाले खत्तम बनाएर आफू धनी र शक्तिशाली बन्यो ।
त्यो समयमा (ईराकका) सद्दाम हुसेन कानुनका विद्यार्थी थिए र सद्दाममा राष्ट्र चलाउन सक्ने र जनताको बिश्वास सजिलै जित्ने खालका लोकप्रिय थिए । त्यसैले अमेरिकाले सद्दामलाई हातमा लिएर उसलाई बाथ पार्टीमा प्रवेश गराएर राजनीति गर्न लगाए र उक्त सद्दाम हुसेनको बाथ पार्टीलाई अमेरिकाले भरपुर सहयोग गरि उचाली रहेको थियो ।
त्यस्तै अमेरिकाले ईरानलाई पनि मित्र बनाएर हातहतियार बेच्ने काम गरिरहेको थियो ।
यी दुई देशलाई नष्ट गरि आफू त्याँहाको तेलले अझै धनी हुने मनसायले १९६९ जुलाईमा अमेरिकको वाशिङटनपोष्ट नामक पत्रिकामा एउटा खबर छपाईयो “सेटलाईटबाट देखिए अनुसार- ईरान र ईराकको सिमानाम पर्ने सत्त अल-अरब नामक नदी मुनी भरपुर मात्रामा तेल छ ।´´
यो खबरलाई आधार मानि अमेरिकाले सत्त अल-आरब नदी मुनीको जमीनमा तेल र यसमा ईरानलाई त्यो तेलमा तिम्रो अधिकार हुनु पर्छ भनी भट्कायो भने ठिक त्यसरी नै अमेरिकाले ईराकलाई पनि त्यो सिमानाको नदी मुनिको तेल तिम्रो हुनु पर्च भनेर उचाल्यो ।
दुबैलाई उचालेर अमेरिकाले इराक र ईरानको युध्द गरायो । १० वर्ष युध्द चल्दा अमेरिकाले ईराक र इरान दुबैतिर हातहतियार वेच्यो र अमेरिकामा थुप्रेर बसेको सारा हातहतियार १० वर्षमा बेचि सकेपछि अमेरिकाले – ईराक र ईरानमा शान्ति स्थापित हुनु पर्छ भनेर UN लाई अमेरिकाले शान्ति वार्ता गराउँन लगायो (UN त अमेरिकाकै पिठ्टु त हो), शान्ति बार्तामा अमेरिकाले पनि भाग लियो र प्रस्ताव गर्‍यो – तेल छ भने उत्तखनन गर्ने र दुबे देशले आधा-आधा लिने । यही प्रस्ताव पास भयो ।
यसरी अमेरिकाको ईसारनमा ई यूले पेश गरेको शान्ति प्रस्ताव स्वीकृत भएपछि तेल उत्खनन गर्ने भनेर कुरा उठ्यो, ईरान र ईराकसँग त अमेरिकाको हतियार किन्दै पैसा सकिसकेका थिए – हामीसँग त पैसा छैन भनेर खुल्ला रुपमा ईराक र ईरानले भने । यसै मौकामा अमेरिकाले तेल उत्खनन गर्न लगानी म गरिदिन्छु तर तेल निस्केमा त्यसको स्वामित्व मलाई पनि दिनु पर्छ भनेर प्रस्ताव राख्यो । ईराक र ईरानले शर्त स्वीकार गरे ।
सत्तल अल-अरव नदीमा तेल खोज्न उत्खनन सुरु गरियो । केही पछि त्यहाँ तेलको खानी छैन भनेर रिपोर्ट आयो । ईराक र ईरानले तर तेल छ भनेर वाशिङटन पोष्ट (पत्रिका)ले छापेको थियो भनेर उसलाई मुद्दा हाले । वाशिङटनपोष्टले मलाई अमेरिकाको अन्तरिक्ष विज्ञान केन्द्रले दिएको सूचना हो – झुट्टो समाचार रहेछ, माफ पाउँ भनेर पत्रिकाले माफी माँग्यो । अमेरिकि सरकारलाई तिम्रो सेटलाइटले देखायो भनेर किन झुट्टो बोलेको? भनेर ईराक र ईरानले सोधे । अमेरिकाले ‘सरी, सेटलाई त मेसिन हो । कहिले काहीँ गल्ती गरिदिन्छ’ भनेर ढिसमिस् गरिदियो । यसरी मिलेर बसेका २ मुस्लीम देशहरू हुँदै नभएको सत्तल आल-अरब नदीमुनि तेल छ भनेर उचालेर आफ्ने सारा हातहतियार बेचेर २ देशलाई दुश्मनमा परिणत गराएर लडाएर ध्वस्त गरिरिदयो र दुई देशमा भएको अरु तेलमा पनि आफ्नो हक जमायो । यो थियो अमेरिकाको चाल ।

अमेरिकाले उत्तर र दक्षिण भियतनाममा पनि यस्तै खेल खेलेर लाखौँ मानिस मारेका थिए । उत्तर र दक्षिण कोरीयाका वीच पनि अमेरिकाले नै यस्तै गरेर गृह युद्ध गराई फुटाएको हो । यसरी अमेरिकाले अफगानिस्तान , पाकिस्तान, सिरिया, सोमालिया लगायत धेरै देशहरुमा यस्तै चाल चलि आफ्नो हतियार बेचेको बिश्व ईतिहासमा सजिलै देख्न पाईन्छ । यहि शुत्र लगाएरै अमेरिकाले हतियार र युद्दसामग्रीको व्यापार गरेरै अर्थतन्त्रमा नम्बर १ मा बसेको हो ।
अहिले अमेरिकालाई टक्कर दिदै अगाडि बढिरहेको एशीयाली मुलुक भारत र चिन अब अमेरिकाको आँखामा परेको छ त्यसैले त अमेरिका यी दुई देशलाई फेरि लडाउन भारततिर भरमार हातहतियार र लडाकु बिमान बेच्ने काम गर्न थालेको छ र भारतलाई चिन बिरुद्ध लड्नको लागि अनेक हर्कत गरिरहेको छ भने चिनलाई भड्काउन र टुक्राउन तिब्बत तथा ताइवान र हङकङ स्वतन्त्र देश हुन भनेर अमेरिका हल्ला गरिरहेछ र त्याँहाको नेताहरुको कान भरिरहेको छ । त्यही तिब्बतमा घुसपैठ गरेर चीनका विरुध्द काम गर्ने नजिकको चलखेल गर्ने उपयुक्त ठाउँ नेपाल भएकोले नेपालमा घुसपैठ गरी चिन माथि नजिकबाट नजर राख्न MCC नामक हड्डी हाम्रो नेताहरुको बिचमा फालिएको हो । अमेरिकाको मुख्य उदेश्य भनेको एम सि सि मार्फत नेपाललाई कब्जा गरेर तिब्बततिर छिर्ने र चीनको विरुध्द काम गर्ने हो । उक्त रणनीति अनुसार अमेरिकाले हाम्रा सारा टाउके नेताहरुलाई आफ्नो बसमा पार्ने काम गरिरहेका छन् जसको फल स्वरुप आज एम सि सिको पक्षमा नेपाल सरकार छ, जसको अर्थ नेपाल अब चीन बिरोधी अमेरिकातिर लम्पसारवादी बनिसकेको छ । यसको अर्थ यहि हुन्छ कि नेपालका अधिकांश टाउके नेताहरुलाई आफ्नो स्वतन्त्रता , स्वाभिमान, सार्बभौमसत्ता र देशभक्ति भन्दा डलर, यूरो र भा रु नै प्यारो लागेको हामी सामुन्ने छर्लङ्ग छ । अब यस्तो समयमा हाम्रो मुलुकको रक्षा गर्ने हो भने यो ब्यबस्था मात्र होईन कि यी नेताहरु नै बदल्न पर्छ र अब देश चलाउन नयाँ पढेलेखेका बिद्धान युवाहरुलाई दिन पर्छ जसलाई देशको माया छ, जसले देशको अर्थ बुझेका छन् र जो मातृभूमीको लागि ज्यान पनि दिन सक्छ । नभए अब त्यो दिन टाडा छैन जब हाम्रो देशमा पनि बैदेशिक हैकम चल्ने र हामी जनताहरु निरीह भएर बस्नु पर्ने ।
अमेरिकीहरुको योजना हाम्रो जस्तो महिना दिनको या २/३ बर्षको हुदैन, अमिरिकी योजना त्यो पनि परराष्ट्रनीति योजना त २५/३० बर्षको हुने गर्छ । अमेरिकीहरूले कुनै देशलाई बर्बाद पार्छ भने त्यसको बिऊ २५-३० बर्ष अगाडि नै रोपिसकेको हुन्छ । त्यसै अनुरुप अमेरिकालाई आजभन्दा ३४ बर्ष अगाडि नै थाहा थियो कि भबिष्यमा यदि कुनै देश अमेरिकाको अगाडि टक्कर दिएर उभिन्छ भने त्यो चिन हुनेछ । त्यसैले अमेरिकाले बर्षौ पहिले नै ईन्डियामा कंग्रेस आई हुदा देखि नै ईन्डियालाई हातमा लिएर नेपाललाई पनि हात लिने खेल खेलिसकेको थियो । ईन्डियाको स्वभाव नै शक्तिशाली देशको गुलामी गरि साना तिना कमजोर देश माथि आफ्नो हैकम जमाउने हो । त्यसै क्रममा नेपालमा राजा भएकाले ईन्डियाले लाखौं कोशिस गर्दा पनि नेपाललाई हातमा लिन नसके पनि नेपालका सम्पूर्ण नेताहरुलाई किनेर माओवादीको जन्म गराई यस देवभूमीमा राजपरिवारको हत्या गराईयो र राजा ज्ञानेन्द्र पनि भारत सामु नझुक्दा उहालाई पनि राजाबाट हटाईयो ।

यसरी ईन्डिया अमेरिकाको गुलामीमा यति मस्त थियो कि अमेरिकीको निर्देशमा चिन संग १९६० मा युद्ध लड्न पुग्यो जुन ईन्डियालाई धेरै हानिकारक साबित भयो र यहि चाल फेरि अमेरिकीहरुले ईन्डियामा गत बर्ष प्रयोग गर्यो तर ईन्डियाको प्रधानमन्त्री मोदीको सुझबुझका कारण अमेरिकाको ईन्डिया चिनको युद्ध गराई दुबै देशलाई बर्बाद बनाई आफू एकलौटी शक्तिशाली राष्ट्र बनेर संसारमा हैकम चलाउने सपना सपनामा नै सिमित भयो । तर अमेरिकालाई चिनलाई बिश्वको शक्तिशाली राष्ट्र बन्नबाट त रोक्नु नै छ र त्यसैको एऊटा पाईला हो एम सि सि, जुन अमेरिकाले धेरै बर्ष अगाडि नै ईन्डियाको आडमा नेपालमा चालि सकेको छ । यसबाट अमेरिकाको दाऊ भनेको ईन्डियाको अनुहार देखाएर नेपालमा आफू ईच्छा काम गर्ने र चिन माथि नजिकबाट नजर राख्ने, जुन अमेरिकाले धेरै देशहरुमा गरिसकेको छ । जस्तै उत्तर कोरिया माथि नजर राख्न आफ्नो सेना दक्षिण कोरिया, जापानमा राखिएको छ । अफगानिस्तान, रुवाणडा, सिरिया, इराक, कुवेत यस्ता कयौ देशमा आज पनि उक्त देशका जनता अमेरिकी सेनाहरुबाट शोषित हुँदै आईरहेका छन् । यसै कारणले श्रीलंकाले एम सि सि लाई असृकार गर्यो । तर हाम्रो देशमा चाहिँ शिर्ष नेताहरु एम सि सि को पक्षमा छन भने जनता यसको बिपक्षमा । यहि कारण अहिले सम्म नेपालमा एम सि सि लागू हुन सकेको त छैन तर नेताहरु कुनै पनि हालतमा लागू गर्न लागिपरेका छन् ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -