२०८२ माघ १२ गते, सोमबार ०४:३६

महिला हक तथा लैंगिक समानताका मुद्दा कार्यान्वयन गर्न सरकार प्रतिबद्ध: शिवमाया तुम्वाहाम्फे

स्वर्ण बिक्रम शाह ।
काठमाण्डौ ।
भूमि ब्यवस्था, सहकारी तथा गरिबि निवारण मन्त्री माननिय डा. शिवमाया तुम्वाहाम्फेले संविधान, ऐन, नियम तथा कानुनहरुमा समाविष्ट महिला हक अधिकार तथा लैंगिक समानताका विषयहरुलाई पुर्णरुपमा कार्यन्वयन गर्न सरकार प्रतिवद्धताका साथ लागिपरेको जानकारी दिनुभएको छ ।
१११औं महिला दिवसको अवसर पारेर गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति जर्मनीको महिला फोरमले मार्च २८ अर्थात यहि चैत्र १५ गते आयोजना गरेको ‘महिला सशक्तिकरणका लागि सुरक्षा, स्वावलम्वन र नेतृत्व विकास’ विषयक अनलाईन गोष्ठीलाई सम्वोधन गर्दै मन्त्री डा. तुम्वाहाम्फेले सो जानकारी दिनुभएको हो ।
सो अवसरमा मन्त्री डा. तुम्वाहाम्फेले महिलाहरू आफैं पनि आफ्नो हक अधिकार सुरक्षा तथा नेतृत्व विकासमा अग्रसर हुनुपर्ने र यसका लागि पुरुषाहरुको साथ  र सहयोगको अपरिहार्यतालाई पनि मनन गर्नुपर्नेका जोड दिनुभएको थियो ।
कार्यक्रममा संघिय संसदको राज्य ब्यवस्था समितिका सभापति माननिय शशी श्रेष्ठले हरेक राजनितिक कालखण्डमा महिलाहरुको भुमिका निर्णायक रहेको स्मरण गर्दै नेतृत्व तहमा रहेका महिलाहरुले लैंगिक असमानता विरुद्धका आवाजहरु थप वुलन्द गर्नुपर्नेमा जोड दिनुभयो ।
यसैगरि संघिय संसदका सदस्य माननिय डा. डिला पन्त संग्रौलाले समाज परिवर्तनका लागि राजनितिमा होमिएमा महिलाहरु पार्टिगत घेरावाट वाहिर आएर  सहकार्य  गर्नुपर्ने र ग्रामीण स्तरवाटनै महिला अधिकार सम्वन्धी जागरण अभियान संचालन गर्नुपर्ने आवस्यकता औंल्याउनुभयो ।
कार्यक्रममा स‌ंविधान सभाका माननिय सदस्य  तारादेवी राईले स्वावलम्वी वन्न विविध कठिनाईहरु जुझ्दै कडा मिहेनत र निरन्तर प्रयास गरीरहनुपर्नेमा जोड दिंदै महिलाहरु  आत्मनिर्भर  वन्नसके समाजले पछिपार्न नसक्ने र  यसका लागि परिवारले पु्र्ण साथ दिनुपर्ने वताउनुभयो । संविधान सभाका अर्का माननिय सदस्य मदन कुमारी शाह (गरिमा) ले नेपालको तराई तथा पहाडी ग्रामीण ईलाकाहरुमा अझैपनि विविध प्रकारका अमानविय, निन्दनिय तथा निकृष्ट प्रथाहरु कायमै रहेकोले त्यसलाई नष्ट गर्नकोलागि चेतना र स्वावलम्वनको अभियान चलाउनुपर्ने वताउनुभयो ।
सोहि अवसरमा काठमाडौ महनगरपालिकाका उपमेयर हरिप्रभा खड्गीले स्थानिय सरकारको नेतृत्व महिलाहरुले गर्दा आईपरेका अफ्ट्याराहरु तथा पुरुष जनप्रतिनिधीहरुले हेर्ने दृष्टिकोणका वारेमा प्रकास पार्नुभएको थियो भने प्रहरी उपरिक्षक गंगा पन्तले नेपालमा महिला सुरक्षाको अवस्थाका वारेमा आफनो धारणा राख्नुभएको थियो ।
कार्यक्रममा महिला उद्यमी तथा दक्षिण एसियाकै पहिलो महिला टेम्पो चालक लक्ष्मी शर्माले टेम्पो चालक देखि  सफल महिला उद्यमी वन्दासम्मका उतार चढवका अनुभवहरु प्रस्तुत गर्नुभएको थियो ।
विशेष गरेर यूरोपमा रहेको महिलाहरुलाई लक्षीत गरी आयोजना गरिएको यो कार्यक्रममा, जर्मनीका लागि नेपाली राजदुत रामकाजि खड्का, गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका अध्यक्ष कुमार पन्त, पुर्व अध्यक्ष जिवा लामिछाने,  गैरआवासीय नेपाली संघ जर्मनीका संस्थापक अध्यक्ष दिल गुरुङ,  गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका महिला स‌ंयोजक भोमा सावाँ लिम्बु महावाणिज्यदुत राम प्रताप थापा,  गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका पुर्व महिला स‌ंयोजक उषा शर्मा, गैरआवासीय नेपाली संघ, जर्मनीका अध्यक्ष हरि न्यौपाने, निवर्तमान अध्यक्ष विजय मोक्तान लगायतले आ-आफ्नो धारणा राख्नुभएको थियो ।
साथै  गैरआवासीय नेपाली संघ स्विजरल्याण्डका महिला उपाध्यक्ष शुभ एल्मर लामा,  पत्रकार तथा महिला अधिकारकर्मी अनुराधा पौडेल, नेपाली नारी समाज पोर्चुगलका अध्यक्ष सीता वराल, गैरआवासीय गैरआवासीय नेपाली संघ जर्मनी एल.सी.सी. राईन लाण्ड फल्सका संयोजक शुदर्शन तिवारी, गैरआवासीय नेपाली संघ जर्मनी एल.सी.सी. वायन म्यूनिख का महिला संयोजकउमा गुरुङ, नेपाली अभिभावक डोर वहादुर गुरुङ लगायतले आ-आफ्नो धारणा राख्नुभएको थियो ।
नेपाली संघ जर्मनी एल.सी.सी. ब्रेमेनका स‌ंयोजक दिपक धितालले प्राविधिक संयोनज गर्नुभएको यो कार्यक्रमको प्रत्यक्ष प्रशारण नेपाल प्लस ले गरेको थियो भने गैरआवासीय नेपाली संघ जर्मनी एल.सी.सी. वायन म्यूनिखका संयोजक खड्ग न्योपानेले राष्ट्र भक्तिपुर्ण साँगितिक प्रश्तुति दिनुभएको थियो
कार्यक्रममा गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका महासचिव डा. हेमराज शर्मा, गैरआवासीय नेपाली संघ जर्मनीका उपाध्यक्ष शिवकला गुरुङ, उपाध्यक्ष शंकर डाँगी, महिला उपाध्यक्ष भिमानानी श्रेष्ठ, गैरआवासीय नेपाली संघ, जर्मनीका महासचिव लोकमणी ढकाल, सचिव राजेश सुनार, सहकोषाध्यक्ष सोनी तुलाचन, गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद यू.के. का सदस्य सुसिला राई,  नेपाली समाज फ्रंकफर्ट जर्मनीका अध्यक्ष शिव अधिकारी, गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका पुर्व सदस्य नारायण अधिकारी लगायत वर्तमान तथा पुर्व पदाधिकारीहरु, विभिन्न स‌ंघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, विज्ञ, पत्रकार तथा महिलाका विषयमा चासो राख्ने ब्यक्तित्वहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति जर्मनीका उपाध्यक्ष राधा सिग्देल र सचिव मेनुका त्रिपाठीले संयूक्त रुपमा संचालन गर्नुभएको यो कार्यक्रमामा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति जर्मनीका अर्का उपाध्यक्ष निनम्मा राईले स्वागत भाषण गर्नुभएको थियो भने कार्यक्रमको सभापतित्व गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति जर्मनीका महिला स‌ंयोजक करुणा राई तुलाधरले गर्नुभएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip marwah4d barong4d moga4d bisajp slot gacor toto slot slot gacor barong4d
kingmedan303 rajamania rajamania sritoto sritoto sritoto rajamania sritoto sritoto beb88 beb88 beb88 djarum4d djarum4d beb88
zeonslot m77
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM